मङ्गलबार, ०१ जेठ २०८१

ब्यापार

तामा र स्लेट खानी उत्खनन र संरक्षणको पर्खाइमा

गलेश्वर, १५ भदौ  ः हिमाली जिल्ला म्याग्दी विभिन्न ठाउँमा रहेका तामा र स्लेट खानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । पश्चिम र उत्तरी म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरु वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् । तामा, स्लेट (घर छाउने ढुङ्गा), शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाैंदेखि उत्खनन हुन नसकेका अवस्थामा छन्...बाँकी अंश →


रामपुरमा ‘कपडा बैंक’ ः गरीब, विपन्नलाई सित्तैमा कपडा

बेझाड, १५ भदौ  गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो । कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा...बाँकी अंश →


झापामा स्याउ

दमक, १३ भदौ    पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् । गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा स्याउ फलाएका हुन् । आफ्नो घर छेउमा करीब एक बिघा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाएर लगाएको...बाँकी अंश →


सुनको मूल्यमा गिरावट

काठमाडौँ, १३ भदौ  पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन...बाँकी अंश →


तीन हजार गाँजाको बोट नष्ट

गोरखा, १३ भदौ  जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–८ र ६ मा रहेका तीन हजार गाँजाको बोट फडानी गरेको छ । अवैधरुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिनुभयो । प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेको...बाँकी अंश →


रोजिन निर्यात घट्यो

बाँके, १३ भदौ    रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक...बाँकी अंश →


छ हजार मेट्रिक टन स्याउ उत्पादन

खलङ्गा, १३ भदौ    जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ ।...बाँकी अंश →


इँटा उद्योगमा डोजर लगाउँदा १० करोड नोक्सानी

काठमाडौँ, १२ भदौ    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ ।महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँटा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति...बाँकी अंश →


रामपुरमा व्यावसायिक फूलखेती

बेझाड, १२ भदौ  पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गर्नुभएको हो । दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर राख्दै थापाले एक महीनाअघिदेखि फूलखेती शुरु गर्नुभएको छ । उहाँको नर्सरीमा मखमली र सयपत्री जातका करीब चार...बाँकी अंश →


माछा बिक्रीबाट स्वरोजगार बन्दै तामाङ

पोखरा, १२ भदौ  केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् । पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक रु २० हजारभन्दा बढी आम्दानी गरी...बाँकी अंश →


लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लहान, १२ भदौ  प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो । स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र...बाँकी अंश →


जङ्गली तरकारी बेचेर जीवनयापन

धम्बोझी, ११ भदौ कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter