शुक्रबार, ०७ बैशाख २०८१

जङ्गली तरकारी बेचेर जीवनयापन

११ भाद्र २०७६, बुधबार १५:४२ मा प्रकाशित

धम्बोझी, ११ भदौ कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा नम्बर ६ को निसा बुढा कुमालले बताउनुभयो । गुलरिया नगरपालिका–९ का दलित महिला जङ्गली तरकारी बेचेर घरखर्च चलाउने गरेका छन् । आयआर्जनको कुनै स्रोत नभएका उनीहरु घरखर्च चलाउनकै लागि दिनहँुजसो जङ्गली तरकारी खोजेर बिक्री गर्दै आएका छन् । गुलरियाको हाडबजार छेउमा बसोबास गर्दै आउनुभएको सीता विकले बिहानको खानपछि कहिले उत्तर र कहिले दक्षिणतर्फको जङ्गली तरकारी बोकेर बिक्रीका लागि गुलरिया र रम्मापुर चोकमा पुग्नु हुन्छ । जङ्गलको भेग बुझ्नुभएको सीतासँगै एक दर्जन जना दलित महिला पनि पछि लाग्छन् । अहिलेको वर्खाको सिजनमा जङ्गली साग बिक्रीका लागि निउरो ,जीब्रे , एकपात्ते, च्याउ, फुट्की, कर्मुवा, टामालगायत साग बिक्री हुने गर्दछ । एउटा मुठा सागको कम्तीमा रु २० मा बिक्री हुन्छ । एक जनाले ५० देखि ६० मुठासम्म साग ल्याउने गरेको बताउँदै विपन्न महिला फहरी विकले साग बिक्रीबाट दैनिक एक हजार आम्दानी हुने बताउनुभयो । गुलरिया नगरपालिका टेपरीको रामकली सुनारले भन्नुहुन्छ पुरुष ज्यालादारी कामको खोजीमा बाहिरिन्छन् । केटाकेटी स्कूल जाने र वृद्धावृद्धा घरमै बस्छन् । गुलरिया हाडबजार रम्मापुर हाडवजार बैदीहाडबजारमा गरी विभिन्न हाडबजारमा महिला जङ्गली तरकारीको खोजी गरेर ल्याएर बेच्ने गर्छन् । तरकारी बिक्री गरेर आफू र आफ्ना परिवारका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरीदमा सहज भएको फहरी विकले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter