शनिबार, ०५ जेठ २०८१

ब्यापार

दुई क्विन्टल म्याद गुज्रेको सामान नष्ट

लहान, २५ असार   ,,  संयुक्त अनुगमन टोलीले सिरहा सदरमुकामस्थित विभिन्न पसलबाट करीब रु एक लाख मूल्य बराबरको म्याद गुज्रेको पेय पदार्थ तथा अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, जिल्ला प्रहरी...बाँकी अंश →


‘लाग्यो असार’ बजारमा

काठमाडौँ, १३ असार  ,,  डिएआर मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ बजारमा ल्याएको छ । गाउँघरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले सोहीअनुरुप असारे भाकासहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावन जेले जानकारी दिनुभयो । गीतमा नौ जना लोक गायकगायिकाले स्वर दिएका छन् ।...बाँकी अंश →


दुर्गममा खाद्य डिपो स्थापना,स्थानीय खुशी

जाजरकोट, ५ असार  ,,  नेपाल खाद्य संस्थानले जुनिचाँदे गाउँपालिका–११ ताँगामा नयाँ बिक्री केन्द्र स्थापना गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम ठाउँमा रहेको ताँगामा पहिलो पटक डिपो स्थापना भई खाद्यान्न बिक्री कार्य शुरु भए पछि स्थानीयवासी खुशी भएका छन् । ५०० क्विन्टल चामल स्वीकृत भई पहिलो चरणमा ४५ क्विन्टल लिएर ताँगा...बाँकी अंश →


कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि

सुर्खेत, ३ असार  ,,  कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ । प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा चालु आर्थिक वर्षमा ३४ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । चालु आवको समीक्षा गर्नुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रारा, शे–फोक्सेण्डो,...बाँकी अंश →


तेजपातको व्यावसायिक खेती विस्तार

उदयपुरमा व्यावसायिक रुपमा तेजपात खेतीको विस्तार भइरहेको छ । साढे तीन दशकअघि उदयपुरको रौता मुर्कुचीबाट शुरु भएको तेजपात खेती विगत दश वर्ष यता जिल्लाको मध्यपहाडी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र हुँदै पूर्वीपहाडी क्षेत्रसम्म विस्तार हुँदै गएको छ । पन्ध्र वर्षअघि देखि जिल्लाको मध्यक्षेत्रको भुटार, नामेटार, इनामे, माझखर्क, ठानागाउँ, रौता पाँबु, सल्ले,...बाँकी अंश →


केन्याको आर्थिक वृद्धि ६.३ प्रतिशत

नैरोबी, ३१ जेठ   ,,  केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । केन्याका अर्थमन्त्री हेनरी रोटिचले विश्वको बदलिँदो आर्थिक परिदृश्यमा समेत केन्याको आर्थिक वृद्धि स्थिर रहनु सकारात्मक रहेको बताउनुभयो । उहाँले सन् २०१८...बाँकी अंश →


कृषि मेलाको सम्पूर्ण तयारी पूरा

चितवन, ३१ जेठ   ,,  कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित कृषि सङ्कायको परिसरमा आयोजना हुने मेलामा कृषिसँग सम्बन्धित ५० वटा स्टल रहने मेला सचिवालयका...बाँकी अंश →


हावाहुरीबाट केरा खेती नष्ट

कञ्चनपुर, ३० जेठ  ,,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा...बाँकी अंश →


बेल जुस उद्योग संकटमा

लम्की, २९ जेठ  ,,  बेल रसले बजार नपाएपछि कैलालीको भजनी नगरपालिका–१ स्थित बेल जुस उद्योग संकटमा परेको छ । वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले विसं २०७१ मा सञ्चालनमा ल्याएको सो उद्योगले उत्पादन गरेको बेलको रस बिक्री हुन छोडेको छ । दुई वर्षअघिसम्म काठमाडौँका ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा समेत उपलब्ध हुने बेल...बाँकी अंश →


अल्जेरिया र पोर्चुगलबीच दश वर्षे ग्यास खरिद सम्झौता

अल्जियर्स, २९ जेठ   ,,   अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक २ अर्ब ५० करोड क्युबिक...बाँकी अंश →


नदीजन्य पदार्थको अवैध निकासी बढ्यो

गाईघाट, २९ जेठ  ,,  उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वतीखोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध बालुवा तथा रोडा निकासी कार्य ह्वात्तै बढेको छ । केही दिनयता आएर जिल्लाको पूर्वी क्षेत्रको हँडिया तथा सुन्दरपुर क्षेत्रका चुरे वनक्षेत्रको खोलानालाबाट अवैधरूपमा बालुवा तथा रोडा...बाँकी अंश →


चितवन दूधमा आत्मनिर्भर

चितवन, २९ जेठ  ,,  देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका प्रमुख डा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter