शनिबार, ०५ जेठ २०८१

ब्यापार

शेयर बजार ओरालो

काठमाडौँ, २७ जेठ  ,,  शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ ।...बाँकी अंश →


दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हँुदै

खस्यौली, २६ जेठ   ,,  प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा पूँजी बजारको दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् । पूँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन्...बाँकी अंश →


तरकारीमा विषादीको जथाभावी प्रयोग

जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको धाइरिङ र फर्से हो । व्यावसायिक खेती गर्दै आएका यहाँका किसानले रासायनिक विषादीको प्रयोग भने व्यवस्थित गर्न सकेका छैनन् । छिटो र अधिक उत्पादन गरी बढी लाभ लिने उद्देश्यले किसानले जथाभावी विषादीको प्रयोग गरेका छन् । जलजला–८ फर्सेका अगुवा किसान...बाँकी अंश →


तातोपानीको रेन्बो ट्राउट व्यवसाय

गलेश्वर, २४ जेठ  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन् । स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको हो ।...बाँकी अंश →


हुण्डी कारोवार गर्ने दुई पक्राउ

वीरगञ्ज, २३ जेठ  ,,  जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकस्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीसमेतको जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका जिल्ला बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने...बाँकी अंश →


सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा

गोरखा, २२ वैशाख ,,  गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन शुरु गरिएकोे होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिनुभयो । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको प्रवद्र्धन गर्दै त्यहाँका कलासंस्कृति र पहिचानसमेतको प्रचार–प्रसारका लागि...बाँकी अंश →


च्याउखेतीबाट रु छ लाख आम्दानी

बनेपा, २० वैशाख  ,, बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका हरिदास श्रेष्ठ पत्रकारितासँगै च्याउखेतीमा व्यस्त रहनुभएको छ । श्रीमान् श्रीमती नै खटेर काम गर्ने गरेको च्याउखेतीबाट वार्षिक रु छ लाख नाफा हुने गरेको बताउँदै उहाँले दिउँसो पत्रकारिता गर्ने र बिहानबेलुका फार्ममा खट्ने गर्छु भन्नुभयो । उहाँले भन्नुभयो, “सबै काम मिलाएर पालैपालो गर्छौँ”,...बाँकी अंश →


निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

रामपुर, २० वैशाख ,,  पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् । निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर...बाँकी अंश →


उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन्

गाईघाट, २० वैशाख ,, उदयपुर जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्र, चौदण्डी नगरपालिकाको बेल्टारबजार तथा कटारी नगरपालिकाको कटारी बजार क्षेत्रमा अझै पनि अधिकांश होटल तथा पसल करको दायरमा आउन नसकी अवैधरूपमा सञ्चालन हुँदै आएका छन् । त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अनुसार गाईघाट तथा त्रियुगा नगरपालिका क्षेत्रमा मात्र अहिले दुई...बाँकी अंश →


अनुदानको चामल बाटोमै बिक्री –

जाजरकोट, १९ वैशाख  ,,  नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री...बाँकी अंश →


बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको...बाँकी अंश →


मासु उद्योगको प्रदूषण, स्थानान्तरण गर्न सिफारिस

काठमाडौँ, १७ वैशाख  ,,  वीरगञ्ज महानगरपालिकास्थित मासुजन्य तथा हड्डी प्रशोधन उद्योगको स्थलगत अनुगमन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको छ । समितिले गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले आज समितिका सभापति बिमलप्रसाद श्रीवास्तवसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । समितिले गत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter