बिहिबार, १५ चैत २०८०

गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमको तेस्रो अधिबेशन सम्पन्न । अध्यक्षमा रम्जान दिन मिया ।

१२ भाद्र २०७५, मंगलवार २३:४१ मा प्रकाशित

गत २४ अगस्ट २०१८ का दिन गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो २०१६-१८ कार्यकाल सफलताका साथ पूरा गरि २०१८-२० कार्यकालका लागि निवर्तमान सचिब रम्जानदिन मियाको अध्यक्षतामा १५ सदस्यीय नव समितिको चयन संगै समापन गरेको छ ।

आशन ग्रहण तथा राष्ट्रिय गित संगै बुरैदा स्थित ईस्लामिक सेन्टर हलमा सुरु भएको कार्यक्रममा  आर सि सि अल कासिमका का.बा अध्यक्ष मनिष कोइराला ज्यु को सभापतित्व र नेपाली राजदुतावास रियादका महामहिम राजदुत महेन्द्र सिह राजपुतको प्रमुख अतिथ्यमा सचिब रम्जानदिन मियाको सचालनमा २ चरण गरि संचालित गरिएको थियो ।  कार्यक्रममा जेद्दाका  कार्यवाहक महाबाणिज्यदुत रेबती रमन पौडेल,सेख अबु महम्मद, एनआरएनए साउदीका उपाध्यक्ष ध्रुब रिजाल  ज्युहरु बिशिस्ट अतिथिमा र एन सि सि साउदीका सचिब, आर सि सि प्रमुख सल्लाहकार तथा दूतावास स्वयंसेवक   बिशाल श्रेष्ठ, एन सि सि सह कोषाध्यक्ष तथा आर सि सि  सल्लाहकार  योगेन्द्र बहादुर श्रेष्ठ, एन सि सि युवा सम्योजक तथा आर सि सि सल्लाहकार  राज कुमार श्रेष्ठ, आर सि सि रियाद भुतपुर्व अध्यक्ष तथा सामाजिक अभियन्ता बिष्णु पौडेल, नेपाली प्रवासी समाज हाइल का अध्यक्ष होम राज बास्तोला, गन्तब्य नेपाल उनैजाका अभियन्ता यादव घिमिरे तथा मिलन श्रेष्ठ, सामाजिक अभियन्ता, समाजसेवी लुलु हाइपर मार्केट हाइल का जेनेरल म्यानेजर चाद मोहम्मद ज्यु हरुले अतिथिमा आशन ग्रहण गर्नु भएको थियो ।

कार्यक्रममा आर सि सि अल कासिमका उपाध्यक्ष कृष्ण अधिकारी ज्युको स्वागत मन्तव्य पछि प्रमुख अतिथि, विशिष्ट अतिथि  तथा अतिथिहरुद्वारा ब्यानर खोली उद्घाटन गरिएको उक्त कार्यक्रममा सह कोषाध्यक्ष गिरधारी खनाल द्वारा २०१६-१८ कार्यकालको आर्थिक प्रतिबेदन र सचिब रम्जान दिन मियाद्वारा कार्य प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रम बन्द सत्र बाट सुरु भएको र निर्वाचन समिती का सम्योजक बिशाल श्रेष्ठ द्वारा नव कार्यसमिति २०१८-२० का प्रस्तावित नाम र अनुहार जनमानसमा पेस गर्दै जनमानसमा कोहि कसैलाई उम्मेद्बारी दिन इच्छुक भए २ मिनेटको समय दिई उम्मेद्बारी दिन गरिएको अनुरोधमा कोहि कसैको उम्मेद्बारी नपरेकोले प्रस्तावित नामहरु नै निर्बाचित भएको घोषणा गर्दै बधाई तथा सफलताको सुभकामना दिनु भयो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि महामहिम राजदुत महेन्द्र सिह राजपुत  तथा बिशिस्ट अतिथि रेवती रमन  पौडेल, ध्रुब रिजाल द्वारा तथा अतिथिहरुले मन्तव्य दिदै आर सि सि अल कासिमको २०१६-१८ कार्यकाल सफल रहेको र सफल बनाउन अहम् भुमिका खेल्ने आर सि सि का.बा.अध्यक्ष मनिष कोइराला तथा सम्पुर्ण समिती का पदाधि

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter