शनिबार, १५ बैशाख २०८१

गाजाको अवस्थाप्रति युनिसेफका प्रवक्ता ‘आक्रोशित’

४ पुष २०८०, बुधबार १०:४६ मा प्रकाशित

जेनेभा, ३ पुस (रासस/एएफपी) :
संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ताले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताउनुभएको छ । प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा करिब दुई साता बिताएपछि पत्रकार सम्मेलनमा भन्नुभयो, “सत्तामा रहनेहरूले दस लाख बालबालिकामाथि गरिएको मानवतावादी दुःस्वप्नबाट हिचकिचाएकामा म आक्रोशित छु ।” अक्टोबर ७ मा इजराइलमा हमासले गरेको अभूतपूर्व हमलापछि गाजापट्टीमा इजराइली सेनाको बमबारी जारी रहँदा अङ्गविच्छेद भएका बालबालिकालाई ‘ती अस्पतालहरूमा मारिएको’ विषयमा उहाँले उल्लेख गर्नुभयो ।

“अरु पनि बालबालिका लुकेका छन् र तिनीहरूमाथि पनि निस्सन्देह हमला गरिने छ र आगामी दिनमा उनीहरूको अङ्गविच्छेद गरिनेछ भनेर हामीले कुरा गरिरहँदा मलाई ज्यादै रिस उठेको छ”, उहाँले भन्नुभयो । अहिले पनि सञ्चालित सबैभन्दा धेरै सुविधा भएको दक्षिणी गाजाको मुख्य सहर खान युनिसस्थित नासिर अस्पतालमा पछिल्लो ४८ घन्टामा दुई पटक हमला भएको उहाँले बताउनुभयो ।

“यस अस्पतालले आफ्नो घरमा भएको आक्रमणमा नराम्ररी घाइते भएका ठूलो सङ्ख्यामा बालबालिकालाई मात्र नभएर सयौँ महिला र बालबालिकालाई सुरक्षित राखेको छ”, गाजामा हजारौँ बालबालिकाको मृत्युप्रति शोक प्रकट गर्दै उहाँले भन्नुभयो, “मलाई क्रिसमसका कारण बढ्दो बर्बरता र हमला हुने सम्भावना छ भन्दा रिस उठेको छ किनकी संसार आफ्नै माया र सद्भावनाबाट विचलित भएको छ ।”

“कपटले समानुभूतिलाई कुल्चिरहेको छ”, उहाँले गाजाको अवस्थाबारे भन्नुभयो, “अझ धेरै काम गर्न नसकेकामा म आफैँ क्रोधित छु ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter