सोमबार, ३१ बैशाख २०८१

डाक्टर केसी यो नेपाल हो : रेहान खान

९ श्रावण २०७५, बुधबार २२:५५ मा प्रकाशित

डाक्टर केसी,

तिमी मूर्ख हौ
या विद्वान ?
तिमी सचेत हौ
या अनजान?
तिमीले किन बिर्सेका छौ
यो नेपाल हो
जहाँ अर्कै छ राजनीति
अर्कै छ संविधान

डाक्टर केसी,
तिमी त्यो लुटेराको अगाडि
उपचारको कुरा गर्छौ
अधिकारको कुरा गर्छौ
रोजगारको कुरा गर्छौ
जनताको आधारको कुरा गर्छौ
जुन लुटेराले भन्दा रहेछन्
“हा-हा हा-हा, तिमी बेकारको कुरा गर्छौ

डाक्टर केसी,
तिमीलाई थाहा छैन्
बुद्धको देशमा
बुद्धको नाम मेटिएको छ
बुद्धुको नाम भेटिएको छ
र, तिमीजस्ता हजारौं देशभक्तको
घाँटी रेटिएको छ ।

लेखक : रेहान खान

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter