मङ्गलबार, ११ बैशाख २०८१

प्राध्यापक मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक, उपराष्ट्रपति पुनले पुस्तकको विमोचन गरे

१६ कार्तिक २०७८, मंगलवार १०:४० मा प्रकाशित

काठमाडौँ–आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ। सोमबार लैनचौर स्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकको विमोचन गरे। पुस्तक बिमोचन कार्यक्रममा रुपमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेकोले कतारका बारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने बताए।पुस्तक पढ्दा आफू स्वयंलाई कताइ भ्रमण गर्न इच्छा जागेको बताउनु भयो।आफ्ना नेपालीहरुले निर्माण गरेको आघुनिक र समृद्ध कतारको वास्तविकता लेखकले पुस्तकमा उजागर गरेको बताउनु भयो। मुस्लिम आयोगका माननीय अध्यक्ष समिम मियाँ अन्सारीले आफू कतार गएको बेला लेखक मियाले राष्ट्रिय मानव अधिकार आयोगको हेल्प डेस्क मार्फत अन्याय र पिडामा परेका नेपाली श्रमिकहरुको उद्दार र सहयोग गरेको स्मरण गरे।मियाँ त्यहाँ नेपाली समाज प्रतिनिधिको रुपमा परिचित छन।संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले यस पुस्तकले नेपाल कतार मैत्रीपुर्ण सम्बन्धमा थप आयाम वृद्धि गर्ने बताउनु भयो।कुटनैतिक क्षेत्रमा समेत तरङ्ग ल्याउने यस पुस्तकले कतार बुझ्न चाहने सबैलाई सहयोग गर्ने बताउनु भयो।

मुस्लिम अगुवा ताज मोहम्मद मियाले लेखक रमजान समाजको लागि मात्र नभइ राष्ट्रकै लागि गौरवान्वित ब्यक्ती भएको बताए। ओमनबाट भर्खरै कार्यकाल सकेर फर्किएकी पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले यो पुस्तकले कतारका सत्य बोले पनि सबै अरब रास्ट्रहरुको समग्र चित्रण गरेको बताइन्। पुस्तकमा कतारमा रहेका नेपालीहरुको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषय समेटिएको लेखक प्रा. मियाँले बताए। उनले प्राकृतिक रुपमा सबै कुराहरु भएर पनि बिकासमा केही नभए जस्तो नेपाल र प्राकृतिक रुपमा केही कुराहरु मात्र भएर पनि बिकासमा सबै भए जस्तो कतारमा सन २००७ अप्रिल पछि देखेका कुरालाई समेटेको बताए। कतार नेपालको असल मित्र र दुख सुखको हितैषी भएको र कतारमा श्रम गरिरहेका नेपाली अनि नेपाल पनि समृद्ध कतार निर्माणको सहयात्री एवं पार्टनर तथा साझेदार भएको हुनाले नेपाली श्रमिकले कतारको निर्माणमा दिएको योगदानको उच्च मुल्यांकन हुनु पर्ने बताए।पुस्तक नेपाल कतार जोड्ने महत,कडि भएको मियाले बताए। मियाँले कतारको निर्माणमा ज्यान गुमाएका परिवारलाइ कतारले उचित ब्यवस्थाको जोहो गर्नु पर्ने बताए। कतारले बिश्वकप पुर्व १० लाख रुख रोप्ने प्रतिबद्धता गरेर बिश्वलाई फरक सन्देश दिन खोजेको स्मरण गरे।प्रस्तुत पुस्तक कतारको प्रगतिको कथा हो भने।नेपाल कतारको मैत्रीपुर्ण सम्बन्धको गाथा हो भने।कतारी र नेपाली भावनाको मिलनकेन्द्र हो भने। ‘मैले देखेको कतार’ पुस्तकलाई घोस्ट राइटिङ नेपालले पुस्तकलाई प्रकाशन गरेको छ भने यस पुस्तकको अरबिक र अंग्रेजी संस्करण पनि छिट्टै आउने अध्यक्ष कमल ढकालले बताए।जसले अरब जगतलाइ पनि नेपाली श्रमिकको योगदान बारे बुझ्न सहज बनाउने छ। लेखकको यो ३७ औं कृति हो । कतारबारे मात्रै उनले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter