शुक्रबार, १४ बैशाख २०८१

कतार विज्ञ अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने!

१३ कार्तिक २०७८, शनिबार ०८:३५ मा प्रकाशित

काठमाडौँ-

कतार विज्ञ अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने!
१५ वर्षको कतार बसाइको अनुभव समेटेर कतार विज्ञ प्राध्यापक मोहम्मद रमजान अलि मियाँले ‘मैले देखेको कतार’ पुस्तक निकाल्ने भएका छन् ।

मियाँले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पुस्तका प्रकाशन हुनेबारे जानकारी गराएका हुन् ।पुस्तकको लोकार्पण समारोह यहि आउँदो कार्तिक १५ गते सोमबार काठमाडौमा हुनेछ।

पुस्तकमा कतारमा रहेका नेपालीको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषय समेटिएको लेखक प्रा. मियाँले बताए ।

घोस्ट राइटिङ नेपालले पुस्तकलाई प्रकाशन गर्नेछ ।छिट्टै यस पुस्तकको अरबी संस्करण पनि आउने बताइएको छ।

पुस्तकमा कतारमा नेपाल, नेपालमा कतार र कतार–नेपाल–कतार गरी तीन खण्ड रहने बताइएको छ । पुस्तकमा कतार र नेपालबीच रहेको मैत्री सम्बन्धलाई गहिराईमा गएर उत्खनन गरिएको लेखक प्रा. मियाले बताए । पुस्तकलाई माघ महिनाभित्र निकालिने घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले बताए ।

करिब १५ वर्षको समय कतार बसेको प्रा. मियाँले कतार भौगोलिक रुपमा सानो भएपनि आर्थिक तथा विकासको दृष्टिबाट नेपालले निकै फाइदा लिन सक्ने बताए ।
साभार:दैनिक नेपाल

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter