आइतबार, ३० बैशाख २०८१

किन मलाई हरेक कुरामा वञ्चित गरियाे

सृजना ढुङ्गेल

३ श्रावण २०७५, बिहीबार २१:३५ मा प्रकाशित

मन काम्दै थियो डरले थरथर
समाजले केही भन्छ कि भनि
न नकार्न सके न स्वीकार्न
मलाई थाहा थियो यो गलत हो
तर पनि बाध्य भए अँध्यारो गोठमा सुत्न
चिसो बिछ्याउनमा रात काट्न
किन कि म नछुने भएकी थिए
घरमा बस्दै देवता रिसाउ छन् रे
भोलि समाजले मलाई अनि मेरो
परिवारलाई औला उठाउछ रे
रजस्वला भएसँगै म अपवित्र भए रे
अरु दिन मैले पकाएको खान हुने
अनि महिनावारी हुँदा भान्सा नचल्ने
विद्यालय जान वञ्चित गरियाे
छुई भएकाे भन्दै मलाई त्यसबेलामा हरेक कुरामा वञ्चित गरियाे
छाउगाेठाकाे अध्यारो काेठामा
मेरा जीवन ५ दिनका लागि बन्द गरियाे
किन मलाई हरेक कुरामा वञ्चित गरियाे।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter