आइतबार, ३० बैशाख २०८१

धर्मराज–सावित्री थापा पुरस्कार शताब्दी पुरुषलाई

२३ असार २०७५, शनिबार २२:२२ मा प्रकाशित

काठमाडौँ, २३ असार (रासस) ः नेपाली लोकवाङ्मयका क्षेत्रमा स्थापित धर्मराज –सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार २०७४– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र प्रतिभा छनोट सदस्यको सिफारिशअनुसार जोशीलाई बिहीबार सो पुरस्कार दिने निर्णय भएको हो ।

नेपाली लोकसाहित्य र संस्कृतिका श्रीवृद्धिमा सात दशकदेखि सो विधामा निरन्तर समर्पित भई विभिन्न माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष योगदान गरेवापत रु ५० हजारको सो पुरस्कार जनकविकेशरीको जन्मजयन्ती आगामी साउन १ गते उपराष्ट्रपतिबाट प्रदान गरिने जनकविकेशरीका सुपुत्र मदनराजले बताउनुभयो ।

विसं २०५२ देखि धर्मराज–सावित्री थापा गुठी नाम रही २०७३ मा प्रतिष्ठान नामकरण गरिएको सो संस्थाले उही गोविन्दबहादुर गुरुङ, कुमारबहादुर बस्नेत, भैरवबहादुर थापा, ज्ञानु राणा, नन्दकृष्ण जोशी, पोखरेली युवा सांस्कृतिक परिवार, नारायणी कलामन्दिर, देवीप्रसाद वनवासी, शम्भुजीत बाँस्कोटा, बिमाकुमारी दुरालगायतलाई पुरस्कार प्रदान गरिसकेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter