शनिबार, २९ बैशाख २०८१

‘विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्य कविता’ पुरस्कार गोविन्द नेपाललाई

२७ जेष्ठ २०७५, आईतवार ००:११ मा प्रकाशित

काठमाडौँ, २६ जेठ (रासस) ः यस वर्षको ‘विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्य कविता’ पुरस्कार उदीयमान कवि गोविन्द नेपाललाई प्रदान गरिएको छ ।

अभिनव साहित्य समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा आयोजना गर्ने साहित्यिक शृङ्खलामा वाचन भएका कवितामध्ये उत्कृष्ट छनोट गरेर पुरस्कृत गरिएको हो । पुरस्कारको राशि रु पाँच हजार र प्रमाणपत्र रहेकोछ ।

पुरस्कारको स्थापना जोरपाटी निवासी श्रीकृष्ण पुडासैनीले माता विष्णुमाया पुडासैनी र पिता चन्द्रप्रसाद पुडासैनीको स्मृतिमा रु ८१ हजारको अक्षयकोष राखेर गर्नुभएको हो । अक्षयकोषमा प्रत्येक वर्ष प्राप्त हुने ब्याजले नवप्रतिभालाई सम्मान गर्न शुरु गरिएको सो अवसरमा जानकारी गराइयो ।

पुरस्कार वितरण गर्दै साहित्यकार शैलेन्द्र साकारले नवोदित प्रतिभालाई पुरस्कार दिँदा साहित्यमा गुणात्मकता ल्याउन सहयोग मिल्ने विचार व्यक्त गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter