आइतबार, १६ बैशाख २०८१

औद्योगिक वातावरण बनाइने

२२ बैशाख २०७५, शनिबार ११:२५ मा प्रकाशित

पोखरा, २२ वैशाख (रासस) ः उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरिबी निवारणका लागि औद्योगिक वातावरण बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ४ द्वारा यहाँ आयोजित चारदिने प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी मेलाको शुक्रबार उद्घाटन गर्दै उहाँले नेपालमा लघु, घरेलु तथा साना उद्योगको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीका अध्यक्ष महाप्रसाद शर्माले कृषिउपजले बजार नपाउँदा कृषिजन्य वस्तु खेतबारीमै कुहिएकाले उत्पादित वस्तुको बजारीकरण गर्ने जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो । यही वैशाख २४ गतेसम्म चल्ने मेलामा ५० प्रदर्शनी कक्ष छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter