बिहिबार, ०६ बैशाख २०८१

देउवालाई बास्कोटाको जवाफ : नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बन्ने ?

८ मंसिर २०७६, आईतवार १५:२९ मा प्रकाशित
८ मंसिर, कास्कीपोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो ।

देउवाको यस्तो भनाइले ल्याएको तरंगका बीच सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उनलाई पोखराबाटै जवाफ फर्काएका छन् । देउवाको आरोपलाई चुनावी मसला भन्दै उनले आफू सत्तामा छँदा देउवाले भारतसँग गरेका सम्झौता र समझदारीहरुमाथि प्रश्न उठाए ।

राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेकोदेखि अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत बास्कोटाले उठाए ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकाहरुको प्रश्नको जवाफ दिँदै बास्कोटाले भने, ‘हाम्रो भाषा लर्बरिँदैन देशभक्तिको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।’

टनकपुर सन्धिप्रति देउवाको दृष्टिकोण के हो ? भनेर प्रश्न गर्दै उनले भने, ‘यस्ता आरोप लगाउने हो भने गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter