बिहिबार, ०६ बैशाख २०८१

पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विस्फोट

९ मंसिर २०७६, सोमबार ११:०३ मा प्रकाशित

९ मंसिर, कास्की

पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ । घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट आचार्यले बताए ।

वडा नम्बर ३३ का अध्यक्ष भए पनि उनी वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए । उनले गाडीमा बम नै विष्फोट भएको बताए ।

विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । बम विष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter