मङ्गलबार, १८ बैशाख २०८१

कविता संग्रह विमोचन

२१ बैशाख २०७५, शुक्रबार २१:५९ मा प्रकाशित

काठमाडौँ, २१ वैशाख (रासस ) ः महिला साहित्यकार दुर्गा तिवारीको ‘नचुमेको क्षितिज’ नामक गद्य तथा गीति कविता संग्रह आजदेखि बजारमा आएको छ ।

विभिन्न ७४ वटा फुट्कर कविता संकलन गरिएको त्यस पुस्तकमा कविले नारी पीडा, उत्साह, कथा तथा व्यथा समेटिएको बताइएको छ । सो कविता संग्रहको विमोचन गर्दै साहित्यकार रमेश खकुरेलले नेपाली साहित्यजगत्मा थुप्रै कथा, कविताजस्ता साहित्य भए पनि पाठकको आकर्षण गर्ने खालको कृति औँलामा गन्न सकिने मात्र रहेको छ भन्नुभयो ।

उहाँले लय, भाव तथा शृंगारले भरिपूर्ण साहित्य मात्र पाठकको जिब्रोमा जीवित रहने बताउनुभयो । समीक्षक प्रभा भट्टराईले देश, समाज तथा गाउँलेको जीवनमा आधारित भएर कविता लेख्न साहित्यकारलाई सल्लाह दिनुभयो ।

नेपाली शिक्षा परिषद्का सदस्यसचिव रमादेवी शर्मा, साहित्यकार ज्ञानुवाकर पौडेल, साहित्यकार मदनदास थापा लगायतका वक्ताले नेपाली साहित्य सिर्जनामा साहित्यकारले भोग्नु परेको पीडा बारे प्रकाश पार्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter