आइतबार, १६ बैशाख २०८१

बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

१३ बैशाख २०७५, बिहीबार १८:३५ मा प्रकाशित

पोखरा, १३ वैशाख (रासस) ः प्रदेश नं ४ को आजको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेटका सिद्धान्त प्रस्तुत गर्ने क्रममा चालु आवको बाँकी अवधिका लागि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमका आधारमा बजेट तयार गर्न लागिएको बताउँदै यहाँका समृद्धिका महत्वपूर्ण आधार कृषि, पर्यटन, जलस्रोत, खनिज, वनलगायतको अध्ययन गरिने उल्लेख गर्नुभयो ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य धनञ्जय दवाडी, इन्द्रराज सापकोटा, दोबाटे विश्वकर्मा, आशा कोइराला, राजीव पहारी, ओमकला गौतम, विनोद केसी, मेखलाल श्रेष्ठ, चित्रबहादुर घले, कृष्णचन्द्र नेपाली, सरिता गुरुङ र रामजीप्रसाद बरालले पर्यटन उद्योगको प्रवद्र्धन गरी त्यसबाट रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँहरुले सांसद विकास कोष स्थापना गरी प्रत्येक प्रदेशसभा सदस्यलाई रु ५० लाखका दरले विकास बजेटको व्यवस्था गर्न सुझाव दिनुभयो । प्रदेशका प्रमुख सम्भाव्यता कृषि, पर्यटन र जलविद्युत्का माध्यमबाट रोजगार सिर्जना गरी युवामुखी कार्यक्रम अघि बढाउनुपर्ने उहाँहरुको धारणा थियो । अर्को बैठक शुक्रबार बिहान ११.०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter