सोमबार, १७ बैशाख २०८१

सागर ढकालको ‛ओझेल’ कविता

काठमांडौ

२५ चैत्र २०७४, आईतवार ००:१२ मा प्रकाशित

 

हेर्दा हेर्दै ओझेल पर्छे
घाम आउदा छाँया जस्तै ।
मानौ
पहिलो पल्ट देख्दैछु
झसङ्ग हेरेर
पिपलको रुखमुनी ।

ठसक्क बसेर
अचम्म अचम्म झै
एक्लै एक्लै हासी हासी
मुहार हो यो कुनै सुन्दरिको ।।
हेर्दा हेर्दै ओझेल पर्छे
घाम आउदा छाँया जस्तै।।
आँखा हेर्दा लठ्ठपार्ने
म हासी रहेछु मख्ख पर्ने ।
मानौ”
लठ्ठीएपछी होसमा आएर
घोर सपना जस्तै ।
शरीर अलिक खुलाएर
त्यो सुन्दर मुहारलाई निहाली रहेको
सन्तुष्ट अँखा हो यो ।
कुनै सुन्दरी को मुहार हिमाल जस्तै
हेर्दा हेर्दै ओझेल पर्छे
घाम आउँदा छाया जस्तैः ।

त्यो मुहार धप्प धप्प
बलिरहेछ ।
म टुलु टुलु
हेरिरहेछु
मनौ
यो कुनै अप्सरा को
श्रृङ्गारिक क्षण को मुहार हो।
हेर्दा हेर्दै ओझेल पर्छे
एक साथै
घाम आउदा छाया जस्तै।

 

सागर ढकाल मदन भण्डारी कलेजमा मानविकी संकाय अध्ययनरत साहित्य बिधामा कलम चलाउने प्रखर लेखक हुन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter