शुक्रबार, १६ चैत २०८०

ईदुल फ़ितरः र् ईदुलअजहा लाई राष्ट्रीय बिदा कै रुपमा सम्मिलित गर्न आग्रह गर्दै मुस्लिम समाज

चैत्र-२२ प्रवास

२२ चैत्र २०७४, बिहीबार १८:३३ मा प्रकाशित

राजपत्र मार्फत सार्वजनिक भएको बिदा सुुचिलाई लिएर अहिले चौतर्फी रुपमा विवाद उब्जिएको छ।

 

सरकारले बिदा कटौती गर्ने क्रममा इस्लाम धर्मावलम्बी हरुको महान पर्व ईदुल फ़ितरः र् ईदुल अजहा लाई राष्ट्रीय सार्वजनिक बिदा को सूचीबाट हटाएर सम्बन्धित सामुदायिक बिदाको रुपमा राखेको प्रति घोर निंदा गर्दै पुनः साच्याउने मांग गर्दै आज नेपाली मुस्लिम समाज क़तारले नेपाली राजदूतावास क़तार मार्फ़त गृहमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ ।

 

 

उक्त दुई दिन बिदाको कटौतीलाई सरकारले महानपर्व हरुको अपमानित गरी धर्मनिरपेक्ष राष्ट्रको अवधारणालाई भ्रमित समेत गरेको मुस्लिम समाजले ठहर गरेको छ ।

 

पौराणिककाल देखि अभ्यासमा रहेको नेपालको रीतिरिवाज संस्कृतिलाई प्रस्फुटन र मलजल गर्ने पर्वहरू लाई पुनः राष्ट्रीय बिदामा राखि नेपाली मुस्लिम समाज क़तारका महासचिव अफसर खानले निशर्त सच्याउनु मांग गरे ।

 

 

क़तारमा बैदेशिक रोजगारमा कार्यरत नेपाली मुस्लिमहरुको छाता संगठनको रुपमा रहेको नेपाली मुस्लिम समाज क़तारले सरकारले निर्णय नसच्याएको खण्डमा आंदोलनमा जाने समेत जानकारी ज्ञापनपत्र मॉर्फत गराएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter