शुक्रबार, १६ चैत २०८०

जसपा प्रदेश समितिमा एघार जना प्रवासी मनोनीत

१९ कार्तिक २०७७, बुधबार ०७:४४ मा प्रकाशित
( मुन्ना समसुल हक़ )
२५ अक्टोबर २०२० का दिन जनता समाजवादी पार्टी, नेपालको प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिले एघार जनालाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ ।
विभिन्न मुलुकमा सक्रिय नेपाली समाजले विधि पूर्वक सिफारिस गरेका एघार मुलुकका एकएकजनालाई समितिले छलफल गरि मनोनयन गरेको हो । सम्बन्धित मुलुकका नेपाली समाजका अध्यक्षहरुलाई सिफारिस गर्नुको कारण र उनको राजनैतिक पृष्ठभूमि सोधिएको थियो । मनोनीति हुनेहरुमा धर्मबहादुर तामाङ (युके), सागर अधिकारी (कतार), टिकाराम राई (दक्षिण कोरिया), मुन्ना समसुल हक (युएई), श्रीमति चन्द्रका राई (हङकङ), श्रीमति सरिता ढकाल (जापान), प्रकाश जगमेर (पोर्चुगल), पासाङ नोर्बु शेर्पा (इजरायल), ईश्वर राई (मलेशिया), प्रदिप मल्ल (ओमान), लोक बहादुर राई (कुवेत) चयन भएका छन् । उनीहरुलाई आउदो नोभेम्बरको पूर्ण समितिको बैठकमा सफथ ग्रहण गराइने भएको छ ।
पार्टी एकता संगै समायोजन तथा विस्तारलाई तिब्रता दिएको प्रवास विशेष प्रदेश समितिले बाँकी ९ मुलुकका नेपाली समाजलाई पनि सिफारिस गर्न निर्देशन दिईसकेको कुरा अध्यक्ष धन गुरुङले बताए । नेपालको प्रसासकीय ७ प्रदेशमा बनेको प्रदेश समिति सरह मान्यता प्राप्त गरेको प्रवास विशेष प्रदेश समितिले नेपाल बाहिर रहेका भारत सहित सम्पूर्ण मुलुकलाई नेतृत्व गर्दै आएको छ । जनता समाजवादी पार्टी, नेपालको प्रवास अंगको रुपमा नेपाली समाज विभिन्न २० मुलुकमा क्रियाशिल रहेको छ । प्रवास विशेष प्रदेश समितिमा १५ जना पदाधिकारी सहित १५० जनाको समिति बन्ने ब्यवस्था रहेको छ ।
बैठकमा पार्टी केन्द्रको नीति निर्देशनको बारेमा सहईन्चार्जद्धय जिएस गुरुङ र भगवान चाम्लिङले बोलेका थिए । सो कार्यकारिणी बैठकमा प्रवास पदाधिकारीहरु, ईन्चाज तथा सहईन्चार्जहरु र प्रत्येक देशका नेपाली समाजका अध्यक्षहरु सहभागी भएका थिए ।
प्रवास विशेष प्रदेश समितिको अध्यक्ष गुरुङको सभापतित्वमा भएको भर्चुवल बैठकलाई मुख्य–सचिव विश्वास दीप तिगेला र सचिव मनोज गौतमले संचालन गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter