शनिबार, १५ बैशाख २०८१

‘विदेश जाने ९८ प्रतिशतभन्दा बढी नेपाली श्रमिकलाई फ्रि भिसा र टिकटको सुविधा छैन’

१२ माघ २०७८, बुधबार ११:३८ मा प्रकाशित

काठमाडौं- नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ९८ प्रतिशत भन्दा बढी श्रमिकलाई  फ्रि भिसा र टिकटको सुविधा नरहेको देखाएको छ।

जिफन्टले अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा उक्त अध्ययन गरेको थियो।  वैदेशिक रोजगारीमा जाने १ हजार ५ सय ९३ जनासँग सर्वेक्षण गरेर प्रतिवेदन तयार गरिएको हो। वैदेशिक रोजगारका गन्तव्य मुलुकहरुमा पाएको रोजगारी र तलव सुविधामा पनि सर्भे केन्द्रित थियो।

प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने  दुई प्रतिशतभन्दा कमले मात्र  शुल्क तथा खर्चहरु व्यहोर्नु नपरेको देखिएको छ।

२०७२ सालमा वैदेशिक रोजगारीका प्रमुख सात गन्तव्य मुलुकमा जाने श्रमिकको भिसा तथा टिकटको रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने निर्णय भएको थियो। तर यसको कार्यान्वयन फितलो देखिन्छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter