बिहिबार, १३ बैशाख २०८१

अार्थिक अभावले गर्दा आफ्नै पेन्टिङको प्रदर्शनीमा जान सकिनः अजमत अलि

अर्कना खातुन

१५ फाल्गुन २०७४, मंगलवार १७:५९ मा प्रकाशित

विरगंज । ‘जसरी तस्विरले लाखौ शब्द बोल्छ त्यसरी नै मेरा पेन्टिङहरुले पनि लाखौ शब्दहरु बोल्छन् । कला मेरो लागि मौन भाषा हो । मैले आकार दिएका मेरा पेन्टिङहरु मसंग कुरा गरेको जस्तो लाग्छ ।’

विरगंजका अजमत अलि कक्षा दुईमा पढ्दा देखि नै पेन्टिङ गर्न थालेका थिए । र आज त्यहि कलाले गर्दा अलिका पेन्टिङहरु अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनी हुँदैछन् । अलिका पेन्टिङ इन्टरनेश्नल वाटरकलर सोसाइटी (आइडब्लुएस)द्वारा छनोटमा परेको छ । (आइडब्लुएस)द्वारा बङ्लादेशमा प्रथम पटक यहि आउदो ६ मार्च देखि ९ मार्चसम्म प्रदर्शन हुन गैरहेको छ ।

उक्त प्रदर्शन बङलादेशको शिल्पकला ऐकेडेमीमा हुनेछ । प्रदर्शनका लागि १२ वटा देशबाट कलाकारहरुका वाटरकलर पेन्टिङहरु छनोटमा परेको छ । अलि रंगिन रंगहरुसंगसंगै गाउने शौख पनि राख्छन् । बहुप्रतिभाका धनी अलि बिरगंजका चर्चित संचारकर्मी पनि हुन् । भन्छन्, ‘रंगिन रंगहरुबाट आफ्नो जीवनलाई पनि रंगिन बनाउने प्रयास गर्दैछु । आफ्नो पेन्टिङ अन्तर्राष्ट्रिय स्तरसम्म छनोट हुँदा साह्रै खुशि लागेको छ । यसले मलाई झन उर्जा र हौसला दिएको छ । कला र प्रकृतिसंग प्रेम भएकोले मलाई रंगहरुबाट चित्र कोर्न मन पर्छ । भविष्यमा अझै धेरै पेन्टिङहरु बनाउने योजना छ मेरो ।’

अलिको पेन्टिङ यहि वर्षको फरवरी १४ देखि १६ तारीखमा (आइडब्लुएस)द्वारा पाकिस्तानमा प्रदर्शन भएको थियो । साथै गत वर्ष २०१७ को सेप्टेम्बर महिनामा (आइडब्लुएस)द्वारा युएइमा पनि प्रदर्शनका लागि राखिएको थियो । अलि दुःखी हुँदै भने, ‘तर पैसाको अभावले गर्दा म युएई र पाकिस्तानमा आफ्नै पेन्टिङहरुको प्रदर्शनीमा जान सकिन । तर बङलादेशमा हुन लागेको प्रदर्शनीमा जान्छु ।’ नेपालबाट अलिसंगसंगै अन्य १७ जनाको पेन्टिङ पनि छनौटमा परेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter