शुक्रबार, १४ बैशाख २०८१

‘भूइयाँ’का लेखक यज्ञशलाई दुई लाख राशिकाे पुरस्कार

१४ फाल्गुन २०७४, सोमबार ०५:५८ मा प्रकाशित

काठमाडौँ, १४ फागुन । पहिचान पुरस्कार कोष, बेलायतद्वारा प्रदान गरिने पहिचान पुरस्कार भूमिहीन किसानले भूमिप्राप्तिका लागि गरेको संघर्षमा आधारित कृति ‘भूइयाँ’का लेखक यज्ञशलाई अार्इतबार प्रदान गरियो । पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।

कान्तिपुर दैनिकका पत्रकार यज्ञशलाई प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालेअार्इतबार आयोजित एक कार्यक्रमकाबीच सो पुरस्कार प्रदान गरे ।

सो समारोहमा पूर्वकुलपति काइँलाले यज्ञशले आफ्नो कृति भूइयाँमा पहिचानविहीनको आवाज मुखरित गरेकाे बताए ।

कार्यक्रमका अर्का वक्ता खगेन्द्र संग्रौलाले कृतिका लेखकले समाजका सिमान्तकृत वर्गको संघर्षमा आधारित भएर उनीहरुको जीवन संघर्षलाई कृतिमा जीवन्तरुपमा उतारेको बताए ।

साहित्यकार तथा पहिलोपटक सो पहिचान पुरस्कार प्राप्त गर्नुभएका राजन मुकारुङले पहिचानका पक्षमा सशक्त आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा पुरस्कार कोषका संस्थापक अध्यक्ष नरेश काङमाङ राईले पहिचानका पक्षमा आवाज उठाउने लेखकलाई प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए ।

कोषका सचिव प्रकाश राईले संस्थाको गतिविधिमा प्रकाश पार्नुभएको थियो भने अभिनेता अनुप वरालले पनि पुस्तकबारे मन्तव्य व्यक्त गरे थिए ।

(रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter