काठमाडौँ, ३ जेठ (रासस) यही जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । आज हुन लागेको नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ । मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण...बाँकी अंश →
लहान, ३ जेठ (रासस) सरकारद्वारा गठित बेपत्ता छानविन आयोगमा सिरहाबाट परेको ४४ वटा निवेदनमाथि आयोगले छानविन शुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविनका लागि गठित आयोगले आज जिल्लाका सरोकारवालाहरुसँग आयोजित अन्तरक्रियामा आयुक्त प्रा डा विष्णु पाठकले बेपत्ता भएका व्यक्तिहरुको पहिचानका लागि ४४ वटा निवेदन परेको र त्यसमाथि छानविन शुरु...बाँकी अंश →
बुटवल, ३ जेठ (रासस) रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । प्रहरीले...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, ३ जेठ (रासस) विदेशबाट फर्किएका युवाले वातावरण प्रदूषण कम गर्न काम नलाग्ने टायरलाई प्रशोधन गरेर घरायसी सामान निर्माण गर्ने उद्योग सञ्चालन गरेका छन् । जलजला गाउँपालिका–३ मल्लाजका दिपेश केसी, रघुगंगा गाउँपालिका–२ भगवतीका सुगम खत्री र डेनिश थापाले टायरबाट हस्तकलाका सामग्रीसँगै घर, रेष्टुराँ, बगैँचा र होमस्टेका लागि सजावटका सामग्री...बाँकी अंश →
बागलुङ, ३ जेठ (रासस) हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार...बाँकी अंश →
ललितपुर, ३ जेठ (रासस) नेपालीमा सङ्ग्रहालय घुम्ने बानीको विकास हुन थालेको छ । पाटन सङ्ग्रहालयमा केही वर्षयता आन्तरिक पर्यटकको चाप बढ्दै गएको सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताउनुभयो । “अवलोकन गर्न आउनेमा विद्यार्थी बढी रहेका छन्,” उहाँले भन्नुभयो । पहिले केशवनारायण चोकमा मात्र रहेको सङ्ग्रहालय अहिले मूल चोक र सुन्दरी चोकसम्म...बाँकी अंश →
हेटौँडा, ३ जेठ केयर खबर / प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गर्नुभएको छ । आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उहाँले २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत...बाँकी अंश →
भक्तपुर, ३ जेठ/ केयर खबर महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आउनुभएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिनुभएको छ । उक्त परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले...बाँकी अंश →
भक्तपुर, ३ जेठ केयर खबर : सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि सूर्यविनायक नगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ । नगरपालिकाले आयोजना गरेको भेलामा बृहत् छलफल पछि नगर भित्रका ४० सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र नगर प्रमुखबीच सम्झौता भएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले विद्यालयको व्यवस्थापकीय सुधार...बाँकी अंश →
बनेपा, ३ जेठ (रासस) काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउनुहुन्छ ।...बाँकी अंश →
नवलपरासी, ३ जेठ (रासस) पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । गण्डक कमाण्ड क्षेत्रभित्र वर्षेनी भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गण्डकपीडितले पुनः फेरि पानी रोकाँै आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका हुन् । गण्डक सम्झौताको...बाँकी अंश →

केयरखबर,जेष्ठ ३// बिराटनगर संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताउनु भएको छ । विराटनगरमा सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: