आइतबार, २३ बैशाख २०८१

सङ्ग्रहालयमा आन्तरिक पर्यटकको चाप

३ जेष्ठ २०७५, बिहीबार १४:४७ मा प्रकाशित

ललितपुर, ३ जेठ (रासस) नेपालीमा सङ्ग्रहालय घुम्ने बानीको विकास हुन थालेको छ । पाटन सङ्ग्रहालयमा केही वर्षयता आन्तरिक पर्यटकको चाप बढ्दै गएको सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताउनुभयो ।

“अवलोकन गर्न आउनेमा विद्यार्थी बढी रहेका छन्,” उहाँले भन्नुभयो । पहिले केशवनारायण चोकमा मात्र रहेको सङ्ग्रहालय अहिले मूल चोक र सुन्दरी चोकसम्म फैलिएको छ । उहाँ भन्नुहुन्छ, “आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।”

सङ्ग्रहालय पुनःनिर्माण भइरहेको छ । सङ्ग्रहालयमा एक पटक हेरेको कुरा आगन्तुकले दोहो¥याएर हेर्न खासै चाहँदैनन् । दोहो¥याएर हेर्नका लागि अस्थायी प्रदर्शनी गर्ने सङ्ग्रहालयको योजना छ । लाखे भन्नुहुन्छ, “फरक–फरक विषयवस्तुमा अस्थायी प्रदर्शनी गरिरहँदा आगन्तुकले नयाँ–नयाँ ज्ञान पाउन सक्छन् ।”

विसं २०७३ मा २४ हजार २१९ विद्यार्थी तथा ४३ हजार ८५७ आन्तरिक पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका थिए । यस वर्ष विद्यार्थीको संख्या ३० हजार ६७९ र अरू आगन्तुकको सङ्ख्या ६२ हजार ६६९ पुगेको छ । ललितपुर महानगरपालिका र सङ्ग्रहालयले ‘एकद्वार प्रणाली’ लागू गरे यता बाह्य पर्यटकको संख्यामा समेत वृद्धि भएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter