१७ माघ २०८२

प्रदेश

अपांगता भएका व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित

बाजुरा, १२ जेठ (रासस)  बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश अपांगता भएका व्यक्तिले सदरमुकाम पुगेर अपांगता परिचय पत्र नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटमा रहेको हिमाली गाउँपालिकाका अपांगता भएका व्यक्तिले परिचय पत्र गाउँबाट जिल्ला सदरमुकाम पुग्न टाढा भएकै कारण समयमै अपांगता परिचय पत्र नपाएको हिमाली गाउँपालिका– १ देउसैनका...बाँकी अंश →


साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा, १२ जेठ (रासस)  साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको सिलसिलामा विसं २०७३ जेठ ३१ गते आफैँले चलाएको ट्रकले किचेर साउदी नागरिक ओतिन...बाँकी अंश →


बर्दिवास लागुपदार्थ दुव्र्यसनीको अखाडा

बर्दिवास, १२ जेठ (रासस)  महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुव्र्यसनीको अखाडा बनेको छ । लागुपदार्थ प्रयोग गर्ने दुव्र्यसनी र यस्ता सामग्रीको ओसारपसार गर्नेको संख्या बढ्दै गएपछि यस्तो अवस्था बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँग सम्बन्धित पाइने...बाँकी अंश →


जनप्रतिनिधिबीच विवादले प्रशासनिक केन्द्र तोक्न ढिलाइ

जाजरकोट, १२ जेठ (रासस) जनप्रतिनिधिको विवादका कारण जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष पूरा भए पनि विवादले गाउँपालिकाको केन्द्र तोक्न नसकिएको हो । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीपक्षले जुनिचाँदेको लुवादहमा केन्द्र बनाउन आन्तरिक लविङ गरिरहेका छन् भने उपाध्यक्ष शिवा आचार्यलगायतका पक्ष जुनिचाँदेको स्यानाखोलामा केन्द्र...बाँकी अंश →


बाल्टीको पानीमा डुबेर मृत्यु

रामपुर, पाल्पा, १२ जेठ (रासस) ः बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ । शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो । –––बाँकी अंश →


सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् ।

रसुवा, १२ जेठ । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेका छन् । अभियुक्तले करीब...बाँकी अंश →


आयोगको कार्यालय भवन निर्माण

नेपालगञ्ज, १२ जेठ (रासस)  करीब रु पाँच करोडको लागतमा स्थानीय कारकाँंदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन बनेको छ । आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले एक डेढ महिनाभित्र भवनमा सर्ने बताउनुभयो । नेपाल सरकारको लागतमा निर्माण भएको भवनमा कार्यालय र प्रहरी गरी दुई ब्लक छन् । –––बाँकी अंश →


विषयवस्तु वस्तुपरक ढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक

काठमाडौँ, १२ जेठ । जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खलामा शुक्रबार वरिष्ठ चिन्तक गोपीरमण उपाध्यायले उत्पादनको पद्धति र प्रक्रिया बुझ्न तथा विषयवस्तुलाई वस्तुपरकढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक भएको बताउनुभएको छ । ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयमा चर्चा गर्दै चिन्तक उपाध्यायले...बाँकी अंश →


एकै व्यक्तिद्वारा छ जनाको अभिभावकत्व

फलेवास, पर्वत, १२ जेठ (रासस)  यहाँको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले विपन्न बालबालिकालाई विद्यालय भर्ना गराउनुभयोे । लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्कनुभएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माविलाई रु ३० हजारसमेत एक...बाँकी अंश →


ट्रेड युनियन काँग्रेस प्रदेश–३ मा कार्की

काठमाडौँ, १२ जेठ (रासस)  नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित हुनुभएको छ । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्ष...बाँकी अंश →


गाईघाट –दिक्तेल सडकमा यातायात सेवा बन्द

गाईघाट, उदयपुर, १२ जेठ (रासस ) उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ । छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी...बाँकी अंश →


मापदण्ड विपरीतका संरचना हटाइँदै

बागलुङ, १२ जेठ (रासस)  बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter