२८ मंसिर २०८२

प्रदेश

महोत्तरीबाट १० जनाको कैदमाफी

गौशाला, १५ जेठ (रासस) ः गणतन्त्र दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट एक भारतीयसहित १० जना कैदीको कैद माफी गरिएको छ । कारागार कार्यालय महोत्तरी, जलेश्वरका जेलर शोभेन्द्र ठाकुरका अनुसार गणतन्त्र दिवसको अवसरमा आज यस कारागारबाट कर्तव्य ज्यान मुद्दाका सात, डाँका मुद्दाका दुई र कुटपिट अंगभंग मुद्दाका एक गरी जम्मा...बाँकी अंश →


डुबेर एक बालकको मृत्यु

राजविराज, १५ जेठ (रासस) ः सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा सोमबार साँझ डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सकल मण्डलका तीन वर्षीय छोरा अरवीन्द मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । सोही ठाउँस्थित चन्द्रेश्वर चौधरीको पोखरीमा खेल्दै गरेको अवस्थामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...बाँकी अंश →


गणतन्त्र दिवसमा विद्यार्थीको प्रभातफेरी

काठमाडौँ, १५ जेठ (रासस) ः संयुक्त विद्यार्थी संगठनले आज बिहान ११ औँ गणतन्त्र दिवस अवसरमा प्रभातफेरी गरेका छन् । भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पुतलीसडक हुँदै शान्तिबाटिका पुगेर कोणसभामा परिणत गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रभातफेरीमा विद्यार्थीले ‘गणतन्त्र दिवस जिन्दावाद’, ‘गणतन्त्रको उपहार शिक्षा, स्वास्थ्य र रोजगार’ ,‘वीर...बाँकी अंश →


सन्दर्भ गणतन्त्र दिवस ः गणतन्त्र र संघीयताबारे कर्णालीको बुझाइ

सुर्खेत, १५ जेठ ९रासस० ः दश बर्ष अगाडि आज कै दिन २४० वर्ष लामो राजसंस्थाको इतिहास अन्त्य भएर नेपालमा गणतन्त्रको स्थापना भयो । यो दिनलाई जनताद्वारा शासन व्यवस्था सञ्चालन गर्ने दिनका रुपमा स्मरण गरिँदै आएको छ । मूलतः नेपाली जनताका लागि यसबाट नयाँ अध्याय शुरु भयो र मुलुक नयाँ शिराबाट...बाँकी अंश →


सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

फलेवास, पर्वत, १५ जेठ (रासस) ः यहाँको एक विकट गाउँको सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून संकायमा पढाइ शुरु गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ स्थित लिमिठाना माविमा कानून संकायका कक्षा सञ्चालनको तयारी गरिएको हो । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न...बाँकी अंश →


मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

वालिङ, स्याङ्जा, १५ जेठ (रासस) ः विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । “विशेष गरी छात्राले टाउको...बाँकी अंश →


एकसय २६ खानीबाट छ हजारलाई रोजगारी

काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो...बाँकी अंश →


बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

बेनी, म्याग्दी, १५ जेठ (रासस) ः म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ । बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागि लगेको थियो । गत शुक्रबार बिहान अस्पतालमा पु¥याए पनि...बाँकी अंश →


सालकको खपटासहित दुईजना पक्राउ

इलाम, १५ जेठ (रासस) ः सालकको खबटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् । मंगलबारेबाट...बाँकी अंश →


परीक्षणका लागि पानी धनगढी लगियो

दार्चुला, १५ जेठ (रासस) ः पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि जिल्लामा रहेका छवटा पानी मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ । जिल्लाको चमेलिया नदी, मालिकार्जुन गाउँपालिकामा रहेको पनेबाज मुहान, महाकाली नगरपालिकाको वडा नम्बर ७, धापमा रहेको पानी मुहान, वडा नम्बर ५, गल्फैमा रहेको...बाँकी अंश →


बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

काठमाडौँ, १५ जेठ (रासस) ः चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् । हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा हालै आयोजना गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मेहनत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो ।...बाँकी अंश →


पाँच वर्षभित्र ७०० मेगावाट जलविद्युत् उत्पादन गरिने

विराटनगर, १४ जेठ (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका लागि लगानीमैत्री कानून निर्माण गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको प्रदेश नं १ च्याम्बर र मोरङ चेम्बर अफ कमर्श कार्यालयको आज यहाँ उद्घाटनका क्रममा उहाँले यस क्षेत्रको व्यापार, पर्यटन, कृषि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter