पोखरा, १६ जेठ (रासस) ः प्रदेश ४ को दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आजदेखि यहाँ शुरु भएको छ । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र उपसभामुख सृजना शर्माले सदनमा पढेर सुनाउनु भएको थियो । अधिवेशनमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्ताबलाई कार्यान्वयन...बाँकी अंश →
कञ्चनपुर, १६ जेठ (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गए राति आएको हावाहुरीले तीन सयभन्दा बढी घरमा क्षति पु¥याएको छ । काठको कच्ची घरमा लगाइएका टायल उडाएर हावाहुरीले क्षति गरेको हो । आधा दर्जनभन्दा बढी घरमा हावाहुरीले रूख ढाल्दा परिवार नै विस्थापनमा परेका छन् ।...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस)ः हरिबहादुर चौहानले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेट लिएपछि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ बाट प्रदेश नं ४ ले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा प्रदेश ४...बाँकी अंश →
काठमाडौं, १६ जेठ (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव...बाँकी अंश →
त्रिपुराकोट, डोल्पा, १६ जेठ (रासस) ः हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ । दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् । आम्दानीको मुख्य स्रोतका रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मारमा परेका छन् ।...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ । काँग्रेस संसदीय दलको आजको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा...बाँकी अंश →
विराटनगर, १६ जेठ (रासस) ः आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस) ः सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर हटाउने व्यवस्था गरेपछि निजी क्षेत्रले स्वागत गरेको छ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) र स्वास्थ्य क्षेत्रको निजी संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इस्च्यिुट, नेपाल (अफिन)ले शिक्षा र स्थास्थ्य सेवामा लगाइएको...बाँकी अंश →
काठमाडौँ, १६ जेठ (रासस) ः सभामुख कृष्णबहादुर महराले वन तथा वातावरण मन्त्रालयको पहलमा शुरु भएको ‘स्वच्छ वातावरण महाअभियान, २०७५’ को शुभारम्भ गर्नुभएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर आजदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको उहाँले काठमाडौँस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै शुभारम्भ गर्नुभएको हो । सो अवसरमा सभामुख महराले स्वच्छ...बाँकी अंश →
भीमदत्तनगर, १६ जेठ (रासस)ः पारिवारिक समस्याका साथै शारीरिक अवस्थाले पनि साथ नपाउनुभएका मदन पुरस्कार विजेता नरबहादुर साउदले असहज परिस्थितिमा पनि पुस्तक लेखनलाई निरन्तरता दिँदै आउनुभएको छ । ह्विलचेयरमा बसेर पुस्तक लेखनमा सक्रिय भीमदत्तनगरपालिका–२ का साउदले लेखेको ‘नेपालका बालीनाली र तिनको दिगोखेती’ नामक पुस्तकले २०६६ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो...बाँकी अंश →
सिन्धुली, १६ जेठ (रासस) ः युवा व्यवसायी क्लब सिन्धुलीले यहाँका अनाथ बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ । शैल शिखर अनाथालयमा बस्दै आएका १० जना अनाथ बालबालिकाका लागि क्लबले रु २० हजार सहयोग गरेको हो । क्लबका अध्यक्ष सञ्जीव सुन्दासले अनाथालयका विष्णु देवकोटालाई सो रकमकोे चेक हस्तान्तरण गर्नुभयो ।बाँकी अंश →
कैलाली, १६ जेठ (रासस) ः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्ममा खाद्य ऐन नियमबमोजिम नौ व्यवसायीमाथि मुद्दा दायर गरेको छ । आज यहाँ दशौँ राष्ट्रिय स्वच्छता दिवसकको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नमूना संकलनका क्रममा गुणस्तरहीन उपभोग्य सामान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: