शुक्रबार, २१ बैशाख २०८१

प्रदेश नं ४ को दोस्रो अधिवेशन शुरु

१६ जेष्ठ २०७५, बुधबार २१:१७ मा प्रकाशित

पोखरा, १६ जेठ (रासस) ः प्रदेश ४ को दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आजदेखि यहाँ शुरु भएको छ ।

प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र उपसभामुख सृजना शर्माले सदनमा पढेर सुनाउनु भएको थियो । अधिवेशनमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि संशोधनका लागि संसद्मा प्रस्तुत गर्नुभएको थियो ।

आजकै बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको कानून निर्माण प्रक्रियासम्बन्धी विधेयक पेश गर्नुभएको थियो ।

आजको बैठकमा सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरुले कानून निर्माण गरेर तत्काल कार्यान्वयन गर्नुको विकल्प नभएकामा जोड दिएका थिए ।

बैठकमा मायानाथ अधिकारी, कृष्णचन्द्र पोख्रेल नेपाली, रोशन गाहा मगर, दोवाटे विश्वकर्मा, पियारी थापा, हरिशरण आचार्य, मीनप्रसाद गुरुङ, ललितकला गुरुङ, कृष्णबहादुर थापा, धनमाया लामा पोख्रेल, मेखलाल श्रेष्ठ, विनोद केसी लगायतले बोल्नुभएको थियो ।

बैठकले मेडिसिटी अस्पताल ललितपुरमा उपचाररत प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी तथा ग्राण्डी अस्पतालमा उपचार गराई रहनुभएको प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको थियो । बैठक उपसभामुख सिर्जना शर्माले सञ्चालन गर्नुभएको थियो ।

अर्को बैठक जेठ १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter