१८ माघ २०८२

प्रदेश

रुपन्देहीको छपिया मत्स्य पर्यटनको केन्द्र बन्दै

रुपन्देही, १९ जेठ (रासस) ः तपार्इंले कहिल्यै माछाको मःम खानुभएको छ ? खानुभएको छैन भने रुपन्देहीको छपिया आउनुस् जहाँ तपाईंले भनेजस्तै मःमसहित माछाका अनेक परिकार खान पाइन्छ । छपिया फिस भिलेज रिसोर्टको नामले परिचित छन् । सो रिसोर्टमा ती परिकारबाहेक, माछाको सुकुटी, माछा फिसिङ, फिस ससेज, फिस छोइला, फिस टिक्का,...बाँकी अंश →


काँग्रेस भद्र प्रतिपक्षीको भूमिकामा छ: प्रवक्ता शर्मा

दाङ, १९ जेठ (रासस) ः नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताउनुभएको छ । प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले काँग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको...बाँकी अंश →


मुटु रोगी बालबालिकाको संख्या बढ्दै

जाजरकोट, १९ जेठ (रासस) ः सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच (स्क्रिनिङ) गरेको छ । ‘पाँचदेखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी...बाँकी अंश →


क्षतिग्रस्त नहर मर्मतको कार्य अन्तिम चरणमा

विराटनगर, १९ जेठ (रासस) ः सुनसरी–मोरङ सिँचाइ योजना अन्तगर्तको मूलनहरलाई बाढी तथा पहिरोबाट जोगाउन तटबन्ध निर्माण तथा नहर मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर मर्मतकार्य गरिएको हो । गत साउन २७ र २८ गते आएको बाढीले मोरङको नेता चौकदेखि बाहुनी हँुदै केरौनको...बाँकी अंश →


वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन हुने

रसुवा, १९ जेठ (रासस) ः रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय किलोग्राम...बाँकी अंश →


कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड शुरु

सुर्खेत, १९ जेठ (रासस) ः माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रछात्राबीच कर्णाली प्रदेशस्तरीय १० औं राष्ट्रपति रनिङ सिल्ड आजदेखि यहाँ शुरु भएको छ । सो कार्यक्रमको कर्णाली सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभाका सांसद धुव्रकुमार शाहीले उद्घाटन गर्दै खेल जगतमा कर्णाली प्रदेश अब्बल रहेको बताउनुभयो । गिनिज बुक अफ द वल्र्ड रेकर्ड हरिबहादुर रोकाया...बाँकी अंश →


बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

गौशाला, १९ जेठ (रासस) ः महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही रु २५ हजारका...बाँकी अंश →


संघीय सांसदको कार्य कानून निर्माण गर्ने हो ः मन्त्री पण्डित

विराटनगर, १९ जेठ (रासस)ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको रु चार करोड रकममा संघीय सांसदहरुले सहयोगी भूमिका मात्र निभाउनु पर्ने प्रष्ट पार्नुभयो ।...बाँकी अंश →


पाल्पा–बुटवल सडक बन्द

रामपुर, पाल्पा, १९ जेठ (रासस) ः सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो । सामान्य वर्षाद्को समयमा पनि सो सडकमा...बाँकी अंश →


मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा

जनकपुरधाम, १९ जेठ (रासस) ः जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष...बाँकी अंश →


कर्णालीलाई १० वर्षमा समृद्ध बनाउन सुझाव

सुर्खेत, १९ जेठ (रासस) ः आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रमका बारेमा प्रदेश सरकार र विज्ञबीच भएको छलफलमा कर्णाली प्रदेशलाई अबको १० वर्षभित्र समृद्ध बनाउने विषयमा सुझाव दिइएको छ । राजधानी वीरेन्द्रनगर सुर्खेतमा विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञसँग प्रदेश सरकारले शुक्रबार मानव विकास सूचकांकसहित हरेक सूचकमा सबैभन्दा पछि देखिँदै आएकाले...बाँकी अंश →


मापदण्डविना सञ्चालित संस्थागत विद्यालयलाई कारवाही

नेपालगञ्ज १९ जेठ (रासस) ः बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ । वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस मिडियम बोर्डिङ स्कूलले अनुमतिविना सञ्चालन गरेको कक्षा खारेज गरिएको हो । अनुमतिविना राप्तीले कक्षा ३, ४ र ५ तथा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter