आइतबार, १६ बैशाख २०८१

मापदण्डविना सञ्चालित संस्थागत विद्यालयलाई कारवाही

१९ जेष्ठ २०७५, शनिबार ११:१० मा प्रकाशित

नेपालगञ्ज १९ जेठ (रासस) ः बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ ।

वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस मिडियम बोर्डिङ स्कूलले अनुमतिविना सञ्चालन गरेको कक्षा खारेज गरिएको हो । अनुमतिविना राप्तीले कक्षा ३, ४ र ५ तथा एकेडेमीले कक्षा २, ३, ४ र ५ लाई खारेज गरी बन्द गर्ने निर्णय गरेका छन् । गाउँ शिक्षा समितिको शुक्रबार बसेको बैठकले अनुमतिविना सञ्चालित स्कूललाई कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरेको हो ।

शुरुमा स्पष्टीकरण माग गरिएको र पछि अनुमतिविना सञ्चालन भइरहेकाले नियमन गर्न कारवाही गरिएको गाउँपालिका अध्यक्ष तथा समितिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । गाउँपालिकामा अहिले १० संस्थागत विद्यालय छन् । गाउँपालिकाअन्तर्गत सञ्चालित विद्यालयको अनुगमनका क्रममा नियम तथा मापदण्ड विपरीत सञ्चालित विद्यालयलाई नियमन गर्न शुरु गरिएको गाउँपालिका शिक्षा शाखा अधिकृत खगेन्द्र मल्लले बताउनुभयो । उहाँले ती विद्यालयलाई एक वर्षसम्म अनुमतिसमेत नदिने निर्णय भएको बताउनुभयो ।

गाउँपालिकाका सम्पूर्ण विद्यालयको शिक्षाको गुणस्तर, शैक्षिक व्यवस्थापन तथा प्रभावकारितालगायत विषयमा नियमित अनुगमन गरी कडाइका साथ अघि बढिरहेको गाउँपालिकाले जनाएकोे छ । गाउँपालिकाले शिक्षक नियमितता तथा शिक्षाको गुणस्तरीयताका लागि सामुदायिक विद्यालयमा इ–हाजिरी मेशिनसमेत जडान गरिसकेको छ ।
––––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter