काठमाडौँ, २१ असार (रासस) ः राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञिप्तमा स्वास्थ्योपचार जस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भई तत्काल डा केसीसँग सरकारले...बाँकी अंश →
काठमाडौँ, २१ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर बैठकसमक्ष सुनाउनुभयो । सो पत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाबाट हालै पारित भई गएका विभिन्न विधेयक प्रमाणीकरण गर्नुभएको सम्बन्धी रहेका छन् । यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०७५...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, २१ असार (रासस) ः म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरस्थित त्रिभुवन मंगला माविमा दुईकोठे कक्षा निर्माण गरिएको छ । गाउँपालिकाको रु दश लाख अनुदान र स्थानीयवासीको रु एक लाख ५० हजार ५२१ बराबरको श्रमदानमा पुरानो भवनमाथि टिनले छाएको दुईवटा कोठा थप गरिएको उपभोक्ता समितिका सचिव रुद्रबहादुर खड्काले बताउनुभयो । सोही...बाँकी अंश →

पोखरा, २१ असार (रासस)ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनु पर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको बुधबार साँझ उद्घाटन गर्दै उहाँले सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना तथा पठनपाठनमा...बाँकी अंश →

सुर्खेत, २१ असार (रासस) ः स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट...बाँकी अंश →

नुवाकोट, २१ असार (रासस) ः गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत रु नौ करोड ३६ लाख ९९...बाँकी अंश →

काठमाडौँ, २० असार (रासस) ः महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ । परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र...बाँकी अंश →
हेटौँडा, २० असार (रासस) ः प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्नुभयो । उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले प्रदेशमा गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक रु १५...बाँकी अंश →
काठमाडौँ, २० असार (रासस) ः पूर्वलिच्छवी तथा लिच्छविकालीन प्रथम बस्ती हाँडीगाउँ विशालनगर क्षेत्रको उत्खननका साथै अध्ययनअनुसन्धान बढाई पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिइएको छ । विशालनगर हाँडीगाउँ सम्पदा समाजद्वारा ‘कैलाशकूट भवनको अध्ययनअनुसन्धान तथा हाँडीगाउँ क्षेत्रको पर्यटकीय विकास’ विषयमा आज यहा आयोजित गोष्ठीमा सहभागीले प्राचीन बस्तीको संरक्षण गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नेलाई...बाँकी अंश →
सुर्खेत, २० असार (रासस) ः मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ । यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिनुभयो । मृत्यु हुनेमा असार १७ गतेका दिन भारत आन्द्र...बाँकी अंश →

वीरगञ्ज, २० असार (रासस) ः मार्कस कम्पनीले पहिलोचोटि वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहबाट भारतको विशाखापतनम बन्दरगाह बाटो गरी धागो बोकेको पाँच वटा कन्टिनर टर्की पठाउन लागेको छ । यसअघि कलकता बन्दरगाहको बाटो गरी युरोपेली मुलुकमा सामान पठाउँदा बढी खर्च ला्ग्ने,झन्झटिलो तथा ढिलो हुने भएकाले पहिलो पटक वीरगञ्जको सुख्खा बन्दरगाहबाट विशाखापतनम बन्दरगाहबाट...बाँकी अंश →
काठमाडौँ, २० असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ को विभिन्न मन्त्रालयअन्तर्गतका शीर्षकहरुमाथिको छलफल आज पनि जारी रह्यो । विभिन्न नौवटा मन्त्रालयमा आधारित भएर सांसदहरु कालीबहादुर मल्ल, बलरामप्रसाद बास्कोटा, रामपृत पासवान, भैरवसुन्दर श्रेष्ठ, विमलाकुमारी पौडेलले कृषि र पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी अगमप्रसाद वान्तवा राई,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: