आइतबार, २३ बैशाख २०८१

गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ – मन्त्री अधिकारी

२१ असार २०७५, बिहीबार १०:२३ मा प्रकाशित

पोखरा, २१ असार (रासस)ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनु पर्ने बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको बुधबार साँझ उद्घाटन गर्दै उहाँले सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना तथा पठनपाठनमा गरेको लगानीअनुरुपको प्रतिफल आउनुपर्नेमा जोड दिनुभयो ।

साविकको जिल्ला शिक्षा कार्यालयबाट रु ५२ लाख, विद्यालयको आन्तरिक स्रोतबाट रु ८४ लाख ९५ हजार र सांसद विकास कोषको रु १५ लाख गरी कूल रु एक करोड ५१ लाख ९५ हजारको लागत निर्माण सम्पन्न गरिएको हो ।

२०२५ सालमा स्थापना भई निमावि तहको कक्षा सञ्चालन गरेको सो विद्यालयले २०४३ मा मावि तह, २०६१ मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा दशजोड दुई कक्षा शुरु गर्नुका साथै २०७३ सालदेखि सिभिल इञ्जिनियरिङका र यसै शैक्षिक सत्रदेखि विज्ञान संकायका कक्षा सञ्चालन गरेको प्रधानाध्यापक बाबुराम पौडेलले जानकारी दिनुभयो । विद्यालयमा हाल एकहजार ८०० विद्यार्थी अध्ययनरत छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter