१७ माघ २०८२

प्रदेश

सडक बनाउन माग गर्दै चक्काजाम

साँखु, काठमाडौँ, १३ असोज  साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् । स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र...बाँकी अंश →


व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव

काठमाडौँ, १३ असोज  नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घीउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ । नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य...बाँकी अंश →


दुर्गा मूर्तिमा सामान तस्करी !

बाँके, १३ असोज  भगवतीको मूर्तिमा लुकाई छिपाई नेपाल ल्याउँदै गरेको लाखौँ रुपैयाँको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज भन्सारमा जाँचका क्रममा सशस्त्र प्रहरीले दशैँका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरबाट लाखौँ मूल्यका सामान बरामद गरेको हो । दुर्गाको मूर्तिसँगै तस्करी गरिल्याएको सामान सशस्त्रले बरामद गरेपछि...बाँकी अंश →


झरीले खुम्च्यायो रहर

फिक्कल, १३ असोज    “न ठूलै पर्न सक्छ, न रोकिन्छ यो झरीले गर्नु नै ग¥यो”, इलाम नगरपालिका –६ कि चित्रादेवी पोखरेल पर्दै गरेको पानी नियाँल्दै थप्नुहुन्छ, “दशैँ पनि पूरै हिलाम्ये हुने भयो ।” वृद्धा चित्रादेवीलाई मात्र हैन बाहिर हिँड्डुल गर्ने र बाहिरको काम गर्ने जो कोहीलाई दशैँ सँगैको झरीले राम्रो...बाँकी अंश →


दैनिक दुई हजार नेपाली घर फर्किंदै

भीमदत्तनगर, १३ असोज  दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको...बाँकी अंश →


हिमानीकलीको बच्चा जन्मियो

चितवन, १३ असोज    हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ । १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो । हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ । तालीम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार असोज ६ गते हिमानीले पहिलो बच्चा जन्माएको हो । गत वर्ष निकुञ्जमा पाँच वटा...बाँकी अंश →


जागरण अभियानले कार्यकर्तामा ऊर्जा ः नेता कोइराला

चितवन, १३ असोज  नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताउनुभएको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उहाँले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पु¥याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताउनुभयो । महाधिवेशन नभई काङ्ग्रेसमा ऊर्जा नथपिने उहाँको भनाइ...बाँकी अंश →


बैतडीमा जैतुनखेतीको विस्तार गरिने

बैतडी, १३ असोज    स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुनखेतीको विस्तार गरिने भएको छ । केही वर्षअघि सम्म प्रसिद्ध मानिएको सतबाँझमा गएको १२ वर्षयता देखि स्याउ फल्न छोडेको छ । स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो । विसं २०१९...बाँकी अंश →


विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

सर्लाही, १३ असोज  विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८...बाँकी अंश →


चार हजार पाँच सय किमी सडक निर्माण हुने : मन्त्री पण्डित

विराटनगर, १३ असोज  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताउनुभएको छ । विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक...बाँकी अंश →


नीतिगत परिवर्तन गरी रूपान्तरित हुन निर्देशन

काठमाडौँ, १३ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ...बाँकी अंश →


प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

गलकोट, १३ असोज  म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter