०६ असार २०८३

प्रदेश

५० शहरमा टेलिकमको फोरजी सेवा

काठमाडौँ, १३ असोज    सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न...बाँकी अंश →


नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

काठमाडौँ, १३ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभयो । नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई...बाँकी अंश →


टेबलटेनिस खेलाडी छनोट

काठमाडौँ, १३ असोज  नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो । छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश...बाँकी अंश →


वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन

मिक्लाजुङ, १३ असोज  जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । गत आव ०७५÷७६ को अवधिमा उक्त रकम राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो । ट्रक, बस, ट्र्याक्टर, जीप कार, मोटरसाइकललगायत तीन हजार पाँच वटा सवारीलाई कारवाही...बाँकी अंश →


प्रधानमन्त्रीबाट भवन शिलान्यास

ललितपुर, १३ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गर्नुभयो । कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण...बाँकी अंश →


मुख्यमन्त्रीसमक्ष प्रतिवेदन प्रस्तुत

हेटौँडा, १३ असोज    प्रदेश ३ का मुख्यन्यायाधिवक्ता ओम थपलियाले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रदेशको ऐन, नियम, कार्यविधि आदिको विवरणसहितको प्रतिवेदन बुझाउनुभएको छ । मुख्यन्यायाधिवक्ता थपलियाले प्रदेश ३ को स्थापनादेखि हालसम्म प्रदेशअन्तर्गत तर्जुमा भएका र जारी भएका ऐन, नियम, कार्याविध तथा निर्देशिकाहरु र तर्जुमा हुन बाँकी ऐन, नियम, कार्यविधि तथा निर्देशिकाहरुको...बाँकी अंश →


बाली विज्ञान पढाउन १७ लाख सङ्कलन

बेझाड ९पाल्पा०, १३ असोज  पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु १७ लाख बराबरको रकम सङ्कलन भएको छ । विद्यालयमा सञ्चालित प्राविधिक धारअन्तर्गतको कृषि बाली विज्ञान शिक्षा सञ्चालनका लागि सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो । शैक्षिक तथा धार्मिक महोत्सव अवधिभर पण्डित...बाँकी अंश →


जीउँदो खसी, बोकाको मूल्य निर्धारण

काठमाडौँ, १३ असोज  सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १०...बाँकी अंश →


शाही घटना’ अनुसन्धान गर्न समिति गठन

चितवन, १३ असोज  भ्रष्टाचार विरोधी अभियान चलाउँदै आउनुभएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस...बाँकी अंश →


वर्तमान संविधान जनताले निर्माण गरेको ः पूर्वसभामुख नेम्वाङ

इलाम, १३ असोज  पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताउनुभएको छ । उहाँले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताउनुभयो । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन...बाँकी अंश →


३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित

अमरगढी, १३ असोज  डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका...बाँकी अंश →


शैक्षिक संस्थामा महिनावारी हुने छात्राका पीडा

जुम्ला, १३ असोज  तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन । उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको मूलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् । कक्षा कोठाभित्र नगएर बाहिरै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter