सुर्खेत, २९ साउन , कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो ।...बाँकी अंश →

वालिङ, २९ साउन , स्याङ्जाको भीरकोट नगरपालिका–९ वडाले दलित समुदायलाई पञ्चेबाजा सहयोग गरेको छ । लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले दलित समुदायलाई रु एक लाख पचास हजार बराबरको पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो । “दलित समुदायले माग गरेपछि सहयोग गरेका हौँं” उहाँले भन्नुभयो ।...बाँकी अंश →

नेपाल मुस्लिम इत्तिहाद संगठनले श्रावन २८ गते बिज्ञप्ति जारी गर्दै ईद र बक़रीद बिदालाई सार्वजनिक राष्ट्रीय बिदाको रुपमा स्थापित गर्न नेपाल कम्युनिस्ट पार्टी सकारात्मक रहेको ठहर गरेको छ । जारी बिज्ञप्तिमा सरकार तथा ने क प पुनः बिचार विमर्श गरी समुदायिक बिदा बाट राष्ट्रीय सार्वजनिक बिदाको रुपमा निरन्तर स्थापित गर्न...बाँकी अंश →

धनगढी, २८ साउन , बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा आज सिल गरेको छ । सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन् । तोकिएको परिमाणभन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण भएको फेला परेपछि टोलीले ती आयल...बाँकी अंश →

भद्रपुर, २८ साउन , जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् । गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताउनुभयो । उहाँका अनुसार अपराह्न ३ बजेसम्म माझी कारागारमै...बाँकी अंश →

वीरगञ्ज, २८ साउन , पोखरियावासी भोजपुरी भाषाको मौलिकता जोगाउने अभियानमा लागेका छन् । पछिल्ला दिन मिठासपूर्ण तथा कर्णप्रिय भोजपुरी भाषामा अश्लीलता हावी हँुदै गएपछि उनीहरु यस्तो अभियानमा लागेका हुन् । भोजपुरी भाषामा अश्लील गीत बन्नु, डिजेबाट चर्को स्वरमा बजाइनु, मोबाइल पसलहरुमा जथाभावी रुपमा अश्लील गीत डाउनलोड गरिनु जस्ता कारण विकृति...बाँकी अंश →

म्याग्दी, २८ साउन , बेनी नगरपालिकाले फोहर शुल्कबाट गत आवमा रु १७ लाख आम्दानी गरेको छ । जिल्ला सदरमुकाम बेनी र गलेश्वर बजारको फोहर व्यवस्थापन शुल्कबापत नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १७ लाख ५० हजार ५५५ आम्दानी गरेको हो । बेनीबजारमा एक कम्प्याक्टर (फोहोर सङ्कलन गर्ने सवारी साधन)...बाँकी अंश →

सुर्खेत, २८ साउन , गत आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम,...बाँकी अंश →

गौशाला, २८ साउन , भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो...बाँकी अंश →

बैतडी, २८ साउन , बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् । नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा रु आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । जिल्ला...बाँकी अंश →

बैतडी, २७ साउन ,भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित गरेर सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ । बाँधबाट बढी मात्रामा पानी...बाँकी अंश →

सुर्खेत, २७ साउन, कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ । सरकारले चालु आर्थिक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको अभियान थालेको हो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले रासससँग कुरा गर्दै शैक्षिक क्षेत्रको उन्नयन र प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: