बुधबार, ०२ जेठ २०८१

महाकाली राजमार्ग अवरुद्ध

२९ श्रावण २०७५, मंगलवार १३:२९ मा प्रकाशित

बैतडी, २९ साउन , लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ । बैतडीको पाटनबाट डोजर लगेर अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिनुभयो ।

“पहिरो लगातार खसिरहेको छ,” उहाँले भन्नुभयो, “पहिरो पन्छाउन दार्चुलाबाट अर्को डोजर मगाएका छौँ ।” राजमार्ग अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । दार्चुलाबाट काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी तथा काठमाडौँ, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन्

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter