२१ माघ २०८२

प्रदेश

सबै स्थानीय तह पहिरोको जोखिममा

नुवाकोट, १५ भदौ,,   जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जिल्लामा पहिरोको जोखिम...बाँकी अंश →


खाल्डाखुल्डी पुर्दै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज, १५ भदौ ,,   तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ । सडकको दयनीय अवस्थाका कारण नेपालगञ्ज उपमहानगरपालिकाले अहिले सडकका खाल्डाखुल्डी मर्मतमा लागेको हो । “खाल्डाखुल्डीमा परेर सवारी साधन दुर्घटना भयो नागरिकको ज्यान नै सङ्कटमा पर्ने कुरालाई दृष्टिगत गरी मर्मतको काम...बाँकी अंश →


लामो वक्तव्य दिएर विश्व कीर्तिमान

काठमाडौँ, १५ भदौ ,,   नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्नुभकोे छ । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उहाँले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गर्नुभएकोे हो । केसीले भारत केरेलाका केपी भाल साराजानले...बाँकी अंश →


आयोगका काम छिटो अगाडि बढ्नुपर्छ ,, मुख्यमन्त्री भट्ट

कैलाली, १४ भदौ ,,   प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेपत्ता पारिएका व्यक्तिका सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोगले छिटोभन्दा छिटो काम अगाडि बढाउनुपर्ने बताउनु भएको छ । ‘बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस’ का अवसर पारेर आज धनगढीमा द्वन्द्वपीडित साझा चौतारी नेपालले बुझाएको ज्ञापन पत्र बुझ्नु हुँदै मुख्यमन्त्री...बाँकी अंश →


बिम्स्टेक शिखर सम्मेलन शुरु

काठमाडौँ, १४ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो ।...बाँकी अंश →


विचौलियाका कारण किसान मारमा

चितवन, १४ भदौ,,   किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही...बाँकी अंश →


दुई युवाको साहसिक प्याराग्लाइडिङ

सुर्खेत, १४ भदौ ,,    आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे । उनीहरु खेतबारी, चौर, बाटोघाटो र घरका छतबाट एकटक आकाशमा हेरिरहे । ती दुबै युवा साबिकको कुडारी गाविस एवं हालको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका ३३ वर्षीय लोकेश...बाँकी अंश →


सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन

काठमाडौँ, १३ भदौ ,,   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार...बाँकी अंश →


जियोमेट उपकरण बजारमा

इटहरी, १३ भदौ ,,  जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप वृद्धि भइरहेका बेला यो प्रविधि बजारमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी...बाँकी अंश →


बधशाला र मिटमार्ट निर्माण गरिने

दाङ, १३ भदौ ,,   तुलसीपुर उपमहानगरपालिकामा चालू आवमा आधुनिक बधशाला र मिटमार्ट निर्माण गरिने भएको छ । रु चार करोडको लागतमा बधशाला र मिटमार्ट निर्माण गरिनेछ । सो कार्यका लागि प्रदेश सरकारले रु दुई करोड तथा तुलसीपुर उपमहानगरपालिकाले रु दुई करोड विनियोजन गरेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।...बाँकी अंश →


हवाईसेवा बन्द

सुर्खेत, १३ भदौ ,,   रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हँुदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् । विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई...बाँकी अंश →


बाघ नियन्त्रण गर्न हात्तीसहित टोली परिचालन

रत्ननगर, १३ भदौ ,,  दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ । भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो । सो बाघ समस्याग्रस्त भएर बस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter