०९ असार २०८३

प्रदेश

बाघ नियन्त्रण गर्न हात्तीसहित टोली परिचालन

रत्ननगर, १३ भदौ ,,  दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ । भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो । सो बाघ समस्याग्रस्त भएर बस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा...बाँकी अंश →


पुरिए उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी

काठमाडौँ, १३ भदौ,,   उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षात्ले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनको अवसरमा उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी पुरिएको हो । सडक विभागले भने खाल्डाखुल्डी पुर्ने काम नियमित हुने जनाएको...बाँकी अंश →


निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर, १३ भदौ,,,    पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा...बाँकी अंश →


कपिलवस्तु प्रहरीको सराहनीय कार्य

कपिलवस्तु १३ भदौ । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाले जनताको सुरक्षालाई मध्य नजर राख्दै कपिलवस्तु जिल्लाभरीमा सुरक्षा बढाएको छ । जसका उदाहरण तौलिहवा देखी भैरहवा तर्फ जादै गरेको लु.१.ख ८९०६ नं.को माईक्रो बसमा सवार जिल्ला रुपन्देही संस्किर्ति नगरपालिका वडा नं.४ बस्ने अतिकुर रहमानको पकेटबाट रू.२,००,०००।– (दुई लाख रुपैया) हराएको...बाँकी अंश →


स्थानीयमा कर्मचारी र कानूनको अभाव

तुलसीपुर, १३ भदौ ,,   स्थानीय तहले कर्मचारी र कानूनको अभाव नै मुख्य समस्या भएको बताएका छन् । जिल्ला समन्वय समितिले दाङको घोराहीमा मङ्गलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा कर्मचारीको अभावका कारण स्थानीय तहमा विनियोजन भएको रकमसमेत खर्च नभएर फर्केको अवस्था भएको बताइएको छ । “स्थानीयतहमा जनताका अपेक्षा धेरै छन्, तर...बाँकी अंश →


नागरिकता र स्वास्थ्य उपचार सिफारिस निःशुल्क

नेपालगञ्ज, १२ भदौ ,,   नेपालगञ्ज उपमहानगरपालिकाले सडक किनारमा पार्किङ गरेवापत कुनै पनि शुल्क नलिने जनाएको छ । सडक किनारमा पार्किङ गरेवापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि नगरवासीबाट सकारात्मक प्रतिक्रिया नआएपछि हाललाई स्थगित गरेको उपमहानगरपालिकाले जनाएको छ । नगरका विभिन्न ५० ठाउँमा पार्किङस्थल तोकेर शुल्क लिने तयारी थालेको थियो । सडकको...बाँकी अंश →


सङ्घीय सरकारसमक्ष प्रस्ताव

बुटवल, १२ भदौ ,,   प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको कर्मचारी विवरणमा संशोधन माग गर्दै प्रदेश ५ को सरकारले कर्मचारीको दरबन्दी बढाइदिन सङ्घीय सरकारसँग सिफारिश गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारका ६ वटै मन्त्रालयमा हाल केन्द्र सरकारले तय गरेको कर्मचारी दरबन्दी अपुग रहेकाले बढाउन माग गर्ने निर्णय गरी...बाँकी अंश →


प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, १२ भदौ,,  देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज...बाँकी अंश →


सम्बन्ध बिच्छेदका मुद्दा दर्ता

तुलसीपुर, १२ भदौ ,,    नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन । यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले...बाँकी अंश →


प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

चितवन, १२ भदौ ,,   प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन...बाँकी अंश →


उद्योगमा लगानी बढ्दै

धनगढी, १२ भदौ ,,   कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८...बाँकी अंश →


अपहरणमा परेकी बालिका मृत अवस्थामा

महोत्तरी, ११ भदौ ,,   महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् । पसलबाट हराएको २० घण्टापछि आज दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter