सोमबार, १७ बैशाख २०८१

आयोगका काम छिटो अगाडि बढ्नुपर्छ ,, मुख्यमन्त्री भट्ट

१४ भाद्र २०७५, बिहीबार २१:४८ मा प्रकाशित

कैलाली, १४ भदौ ,,   प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेपत्ता पारिएका व्यक्तिका सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोगले छिटोभन्दा छिटो काम अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।

‘बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस’ का अवसर पारेर आज धनगढीमा द्वन्द्वपीडित साझा चौतारी नेपालले बुझाएको ज्ञापन पत्र बुझ्नु हुँदै मुख्यमन्त्री भट्टले पीडित परिवारका राहतका लागि आयोगले कामको चाँडो निक्र्यौल गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले द्वन्द्वपीडितको सहयोगका लागि प्रदेश सरकारले बनाउने कार्यक्रमका बारेमा छलफल चलाई राखेको बताउँदै त्यस्तो कार्यक्रम बनाउँदा द्वन्द्वपीडितसँग समन्वय तथा आवश्यक सल्लाह गरिने उल्लेख गर्नुभयो ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस (३० अगष्ट) का अवसरमा पीडितका परिवारले आफ्ना बेपत्ता सदस्यको सास वा लाशका बारेमा जानकारी पाउने अधिकार सुरक्षित गरियोस् भनी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter