०९ असार २०८३

प्रदेश

‘अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि’

भीमदत्तनगर, २१ भदौ ,,   राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी÷प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको...बाँकी अंश →


रु ३ करोड राजस्व सङ्कलित

रसुवा २१ भदौ ,,   राजमार्ग खुला भएलगत्तै सामान परीक्षण र भन्सार राजस्व असूली आजदेखि शुरु भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चिनियाँ सामान आयात गर्ने करीब २०० वटा ट्रक कण्टेनर बुधबार र बिहीबार साँझसम्म भन्सार हातामा प्रवेश गरिसकेका छन् । आज बिहीबार मात्रै रु तीन करोड भन्सार...बाँकी अंश →


कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने तयारी

कपिलवस्तु २१ भदौ । कपिलबस्तुमा समाजिक विकास मंत्रालयको तर्फबाट कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नाका लागि प्रदेश नं.५ को तर्फबाट एउटा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मुख्य अतिथिको रुपमा कृषि मंत्री चक्रपाणी खनाल,प्रदेश नं.५को समाजिक विकास मंत्री सुदर्शन बराल,शिक्षा अधिकारी,जिल्ला प्रमुख ,विधायक,राष्ट्रीय मदरसा संघ नेपाल को राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी...बाँकी अंश →


फोरम अर्घाखाँची को जिल्ला भेला सम्पन्न

अर्घाखाँची २१ भदौ । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय तदर्थ समिति अर्घाखाँचीको जिल्लाभेला बुधबार सन्धीखर्कमा सम्पन्न भएको छ । जिल्ला ईन्चार्ज नेत्र थापाको अध्यक्षता तथा ५ नं.प्रदेश सह–इञ्चार्ज नबिन सुनुवारको प्रमुख आतिथ्यता एंव प्रदेश अध्यक्ष अशोक कुमार यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भेलाले नेत्र थापा मगरको अध्यक्षता११ सदस्य जिल्ला समन्वय...बाँकी अंश →


ठेक्का हटेपछि आम्दानी

बागलुङ, २१ भदौ,,  पूजाआजामा ठेक्का हटाउँदा कालिका भगवती मन्दिरमा भेटीबाट हुने आम्दानीमा वृद्धि हुँदै गएको छ । विसं २०३२ देखि चलेको ठेक्का प्रणाली हटाएर मन्दिर गुठी व्यवस्थापन समिति आफैँले तीन वर्षदेखि पूजा सञ्चालन गर्दै आएको छ । आव २०७१÷७२ मा रु ४१ लाखमा पूजा सञ्चालन तथा व्यवस्थापनको जिम्मा ठेकेदारले लिएका...बाँकी अंश →


आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत

राजविराज, २१ भदौ ,,  प्रदेश सरकारले तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका एक व्यक्तिलाई राहत रकम उपलब्ध गराएको छ । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका श्रवणकुमार झालाई रु तीन लाख राहत रकम उपलब्ध गराउनुभएको हो । मन्त्री साहले आन्दोलनका...बाँकी अंश →


साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र

बेनी, २१ भदौ ,,  रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र पर्नुभएको हो । अजीब अल हाजिरी कम्पनीमा सवारी...बाँकी अंश →


यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

इलाम, २१ भदौ ,,  सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो । पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो...बाँकी अंश →


सडक स्तरोन्नति

बुटवल, २१ भदौ ,,   बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।करिव रु ५०...बाँकी अंश →


‘स्मार्ट पार्किङ’ न्यूरोडमा

काठमाडौँ, २० भदौ ,,   काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ...बाँकी अंश →


दलितलाई मन्दिर प्रवेशमा रोकको विरोध

वीरगञ्ज,२० भदौ ,,   नेपालको संविधानको धारा २४ ले जातीय छुवाछूतलाई निषेध गरेको भएपनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम बारा जिल्लामा यथावत् रहेको छ । संविधानको यस धाराले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको...बाँकी अंश →


असारे विकासले जोखिम निम्त्यायो

बैतडी, २० भदौ ,,   लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter