२१ माघ २०८२

प्रदेश

आश्रित परिवारलाई २२ लाख क्षतिपूर्ति

रसुवा, १ असोज ,,   पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई रु २२ लाख क्षतिपूर्ति दिइने भएको छ । रुकुम भूमे गाउँपालिकाका ५० वर्षीय भीम रोका र मकवानपुरको हेटौँडा–११ मकत गाउँका २२ वर्षीय रमेश बर्तौलाको परिवारलाई सो क्षतिपूर्ती दिइने भएको हो । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ बाहिर पहिरो...बाँकी अंश →


दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

चितवन, १ असोज ,,   जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये चितवनका ५०, नवलपरासीका...बाँकी अंश →


निर्माण व्यवसायी सङ्घमा अधिकारी

नुवाकोट, १ असोज ,,   नुवाकोट निर्माण व्यवसायी सङ्घको आठाँैं अधिवेशनबाट अध्यक्षमा सुमन अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मत गणनाअनुसार अध्यक्षमा अधिकारीले २३१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाले १५९ मत प्राप्त गर्नुभयो । निर्वाचनमा अधिकारीको समूह विजयी भएको छ । वरिष्ठ उपाध्यक्षमा शैलेन्द्रराज...बाँकी अंश →


नेपाल प्रेसयुनियनमा पुनः भण्डारी

कपिलवस्तु, १ असोज । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशनले पुनः गोपाल भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।उपाध्यक्षमा खग प्रसाद चपाई, समावेशी उपाध्यक्षमा किरणमान बज्रचार्य, सचिवमा मणि प्रसाद गैेह्रे, सहसचिवमा कृष्ण गैरे र कोषाध्यक्षमा गुरुदेव पौडेल चयन भएका छन । अधिवेशनको उद्घाटन गर्दै युनियनका अध्यक्ष...बाँकी अंश →


गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज,,    सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो । गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट...बाँकी अंश →


प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर, १ असोज,,    प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित गरिएको नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । पक्राउ परेका भारतीय नागरिक...बाँकी अंश →


रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु

म्याग्दी, १ असोज ,,    चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि रु छ अर्बमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु...बाँकी अंश →


स्थानीय तहमा कानून निर्माण सुस्त

बाँके, १ असोज ,,   ‘गाउँगाउँमा सिंहदरबार’, स्थानीय निर्वाचनका बेला यो नारा खुबै चल्यो । सिंहदरबारबाट जनताका अधिकार गाउँमा पुग्छन् भन्नेमा आम नागरिक ढुक्क थिए । तर स्थानीय तहमा कामको सुस्ततालाई देखेर नागरिकमा भने निराशा देखिन थालेको छ । स्थानीय तहमा धमाधम नयाँ कानून बनिरहेका छन् । तर बाँकेका दुई स्थानीय...बाँकी अंश →


‘टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याइन्छ’

लमही, ३१ भदौ ,,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले दशैँ अगाडि नै सानो जहाज उडान हुने बताउनुभयो । सिधँै काठमाडौँदेखि दाङसम्म उडान गरिने र त्यो...बाँकी अंश →


मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन निर्देशिका तयार

बुटवल, ३१ भदौ ,,   प्रदेश नं ५ सरकारले अघि सारेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालन निर्देशिका तय गरेको छ । प्रदेश सरकारको आज मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रम सञ्चालन निर्देशिका पारित गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेशका अति पिछडिएका र मानव सूचकाङ्कमा पछाडि...बाँकी अंश →


जनकपुरधाम–पटना बस सेवा आजदेखि शुरू

महेन्द्रनगर, धनुषा, ३१ भदौ ,,    नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आजदेखि विधिवत् शुरु भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गर्नुभएको थियो । आज दिउँसो १२ बजे मुख्यमन्त्री राउतले हरियो...बाँकी अंश →


गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

नागार्जुन, काठमाडौँ, ३१ भदौ ,,   नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter