मङ्गलबार, २५ बैशाख २०८१

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

१ आश्विन २०७५, सोमबार ००:२९ मा प्रकाशित

नागार्जुन, काठमाडौँ, ३१ भदौ ,,   नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

चार पटक गर्भजाँच गराउनेलाई शुरुको गर्भजाँचको समयमा एक क्रेट अण्डा, नौ महिनाको समयमा थप एक क्रेट अण्डा, दन्तमञ्जन एक सेट, आयोडिनयुक्त नून एक प्याकेट, नुहाउने साबुन एक, लुगाधुने साबुन एक र चना एक केजी प्रदान गरिने भीमढुङ्गा स्वास्थ्यचौकी प्रमुख स्वास्थ्य सहयोगी प्रकाश खतिवडाले बताउनुभयो ।

गर्भवतीको पोषणको अवस्थामा सुधार ल्याउन र गर्भवती अवस्थामा आउन सक्ने समस्याको बेलैमा पहिचान तथा उपयुक्त व्यवस्थापन गर्न कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहयोगी खतिवडाले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter