बिहिबार, ०३ जेठ २०८१

प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

१ आश्विन २०७५, सोमबार ११:२९ मा प्रकाशित

कञ्चनपुर, १ असोज,,    प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित गरिएको नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

पक्राउ परेका भारतीय नागरिक सिंहलाई जाँच गर्दा भारतीय प्रतिबन्धित गरिएको रु ५०० दरको नोट रु दुई लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखी आवश्यक अनुसन्धानको कार्य भइरहेको छ । सिंह नक्कली नोटको कारोवारमा समेत संलग्न रहँदै आएको बताइएको छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter