
हेटौँडा, १६ असोज ट्र्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्र्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले...बाँकी अंश →

बाजुरा, १६ असोज जिल्लाका किसानलाई यतिबेला जङ्गली जनावरबाट खेती कसरी बचाउने भन्ने चिन्ता परेको छ । यहाँका किसानले हिउँद र बर्खामा दुःखकष्ट गरी लगाएको खेती पाक्न लागेको समयमा सधँै जङ्गली जनावर भालु, बँदेल र बाँदरले पूरै सखाप पार्दै गएपछि किसानलाई चिन्ता परेको हो । जिल्लामा पछिल्लो समयमा अधिकांश ठाउँमा सामुदायिक...बाँकी अंश →

म्याग्दी, १६ असोज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ । चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताउनुभयो ।...बाँकी अंश →

बाँके, १६ असोज भेरी अस्पतालमा मिर्गाैलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् । बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ...बाँकी अंश →

काठमाडौँ, १६ असोज दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ । एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले...बाँकी अंश →

वालिङ, १६ असोज लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–१ का २१ वर्षीय भरत गुरुङ र सोही ठाउँका २० वर्षीय सहितविन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →

लहान, १६ असोज भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका...बाँकी अंश →

काठमाडौैँ, १६ असोज परिवर्तित संरचननुसार सार्वजनिक प्रशासन तथा विभिन्न तहका सरकारको क्षमता अभिवृद्धि गर्दै सङ्घीय शासन प्रणालीका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि गर्न विशिष्ट संस्थाको आवश्यकता महसुस गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सङ्घीयता अध्ययन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । केन्द्रले नेपालमा संघीयता कार्यान्वयनका विविध पक्षमा अध्ययन–अनुसन्धान...बाँकी अंश →

खलङ्गा, १६ असोज प्राइम लाइफ बिमा कम्पनीले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभीड निवासी मृतक लक्ष्मीप्रसाद उपाध्यायको परिवारलाई बिमा गरेबापत दुई किस्ता गरी रु ५८ लाख ५० हजार उपलब्ध गराएको छ । बिमा कम्पनीले एक कार्यक्रम गरी मृतक उपाध्यायकी श्रीमती अप्सरा उपाध्यायलाई दोस्रो किस्ताबापत रु २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरेको...बाँकी अंश →

काठमाडौँ, १६ असोज उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताउनुभएको छ । विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले बुधबार आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न हुँदैन भन्नुभयो । रक्षामन्त्री पोखरेलले भन्नुभयो,...बाँकी अंश →

दार्चुला, १६ असोज मालिकार्जुन गाउँपालिका–१ का ७३ वर्षीया थेपडीदेवी बोहरा एक वर्षअघिसम्म सिटामोल लिन पनि भारतीय बजारमा पुग्नुहुन्थ्यो । घर नजिक स्वास्थ्यचौकी नहुँदा सामान्य ज्वरो आउँदा पनि सिटामोल लिन गाडी चढेर भारतको पिथौरागढ नजिकैको बजार बालुवाकोट पुगेर औषधि लिएर फर्किनुहुन्थ्यो । साविकको भगवती गाविस मेलखेतदेखि स्वास्थ्यचौकी पुग्न तीनदेखि चार...बाँकी अंश →

लमजुङ, १६ असोज ‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री र स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय खानाका परिकारको चमेनागृह सञ्चालन, राष्ट्रिय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: