शुक्रबार, ०७ बैशाख २०८१

मृतक परिवारलाई बिमाको रु ५८ लाख प्रदान

१६ आश्विन २०७६, बिहीबार ११:०० मा प्रकाशित

खलङ्गा, १६ असोज  प्राइम लाइफ बिमा कम्पनीले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभीड निवासी मृतक लक्ष्मीप्रसाद उपाध्यायको परिवारलाई बिमा गरेबापत दुई किस्ता गरी रु ५८ लाख ५० हजार उपलब्ध गराएको छ । बिमा कम्पनीले एक कार्यक्रम गरी मृतक उपाध्यायकी श्रीमती अप्सरा उपाध्यायलाई दोस्रो किस्ताबापत रु २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरेको हो । पहिलो किस्ताबापत रु ३१ लख ५६ हजार यसअघि नै उहाँलाई हस्तान्तरण गरि सकिएको प्राइम लाइफ जुम्लाका शाखाका प्रमुख करबहादुर शाहीले बताउनुभयो । लक्ष्मीप्रसाद उपाध्यायले विसं २०७४ पुस २४ गते रु ३० लाखको बिमा गराउनुभएको थियो । उहाँको २०७५ पुस २४ गते शौचालयमा जलेर मृत्यु भएको थियो । मृत्युपूर्व भने एक किस्ताको रकम रु दुई लाख १० हजार तिर्नुभएको परिवारले जनाएका छन् । जुम्लामा २६ मृतक परिवारलाई बिमाअनुसारको रकम उपलब्ध गराइएको बिमा कम्पनीका प्रदेश प्रमुख रामबहादुर शाहीले बताउन्ुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter