
इनरुवा, १६ असोज,, विगत चार दिनदेखि घरबाट बेपत्ता भएका सुनसरी इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव आज बिहान फेला परेको छ । सुनसरी खनारस्थित बूढी खोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबारदेखि बेपत्ता भएका...बाँकी अंश →

काठमाडौँ, १६ असोज,, नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ । कर्मचारी युनियनले असोज ५ गतेदेखि काठमाडौँमा रिले अनशन गरिरहेको छ भने नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिले हिजो सोमबार र आज दुई...बाँकी अंश →

काठमाडौँ, १६ असोज ,, काठमाडौँ महानगरपालिका– १ वडाले चालु आर्थिक वर्षमा ढुङ्गेधारा मर्मतलाई प्राथमिकता दिएको छ । उक्त वडामा रहेका चार ढुङ्गेधारा मर्मत गर्नुपर्ने भएकाले यसवर्ष प्राथमितामा राखिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिनुभयो । उक्त वडाको विकास निर्माणका लागि गत आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएकामा चालु आर्थिक वर्षमा...बाँकी अंश →
काठमाडौँ, १६ असोज,, सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु...बाँकी अंश →

काठमाडौँ, १६ असोज,, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काँग्रेसको सधँै साथ र सहयोग रहने स्पष्ट पार्नुभएको छ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधँै साथ...बाँकी अंश →

दाङ, १६ असोज,, उचित संरक्षण र मर्मतको अभावमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको शीत्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ । मर्मतको अभावमा पुलमा गरिएको कालोपत्रेमा ठाउँठाउँमा खाल्डाखुल्डी भएको छ । पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीयवासी होताराम रजौरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जोडाइमा...बाँकी अंश →

चितवन, १६ असोज ,, पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका ओझेलमा परेको छ । जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन् । यस गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली, इच्छाकामना र पाथीभरा मन्दिर, लामो झरना, त्रिशूली नदी, केबलकारको...बाँकी अंश →

रसुवा, १६ असोज ,, सामाजिक स्वच्छता अभिवृद्धिका लागि रसुवामा अभियान शुरु गरेको छ । सामुदायिक प्रहरीअन्तर्गत गठित सामुदायिक सेवा केन्द्र र महिला सञ्जालद्वारा संयुक्तरुपमा सो अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा दशैँ तिहारलाई लक्षित गरी अत्यधिक मदिरा सेवन, घरघरमा खेलाइने जुवा, तास, लङ्गुर बुर्जाजस्ता क्रियाकलापलाई नियन्त्रण गर्ने सामुदायिक...बाँकी अंश →

गौशाला, १६ असोज,, जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना जगाउने अभियान शुरु गरिएको छ । झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत नेपाल रेडक्रस सोसाइटीले झाडापाखालाबाट प्रभावित नैन्ही गाउँसहित वरपरका सबै गाउँका...बाँकी अंश →

राजविराज, १६ असोज,, सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् । हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् । घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट...बाँकी अंश →

घोराही, १६ असोज ,, नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ । घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्ग्रेस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिनुभयो । छ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको...बाँकी अंश →

पशुपतिनगर, १६ असोज ,, पूर्वी इलामको पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा क्षेत्रमा रु एक करोड ५० लाख लगानीमा अतिथि सदन निर्माण भएको छ । भक्तजनले चढाएको भेटी र चन्दाबाट रोङ गाउँपालिका–३ को पाथीभरा संरक्षण संस्थाले पर्यटकले रात बिताउन सक्ने अतिथि सदन बनाएको हो । विसं. २०६९ सालबाट निर्माण शुरु भएको अतिथि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: