२२ माघ २०८२

प्रदेश

ठार सय स्थानमा सिसी क्यामेरा जडान

काठमाडौँ, १७ असोज ,,   काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब...बाँकी अंश →


फाइनलमा चितवन टाइगर्स र एपिएफ भिड्दै

काठमाडौँ, १७ असोज,,   सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो...बाँकी अंश →


बसबाट खसेका बस्नेतको मृत्यु

सुर्खेत, १७ असोज ,,   चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुनुहुन्छ । सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले...बाँकी अंश →


गाउँपालिकामा तालाबन्दी

रुकुम, पश्चिम, १७ असोज,,   रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै...बाँकी अंश →


पढाइमा समस्या भोग्दै अपाङ्गता भएका विद्यार्थी

रोल्पा, १७ असोज ,,   अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हँुदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ । शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा फरक रहेकाले राज्यले आफूहरुलाई फरक व्यवहार हुनुपर्ने उनीहरुको...बाँकी अंश →


सात ट्याक्टर नियन्त्रणमा

चितवन, १७ असोज ,,   अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ । कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय...बाँकी अंश →


स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम

भीमदत्तनगर, १७ असोज,,   कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यत्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा बोर्डले यहाँका सबै स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो । चार वर्षअघि सुदूरपश्चिम प्रदेशको कैलालीबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल...बाँकी अंश →


पाँच बलात्कारीलाई दश बर्ष जेल

गाईघाट, १७ असोज,,   उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो...बाँकी अंश →


ढिस्कोले पुरिएर बालिकाको मृत्यु

कञ्चनपुर, १७ असोज,,   माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्र्षीया जानकी बिष्टको मृत्यु भएको छ । चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै...बाँकी अंश →


गाउपालिकाको निर्णयप्रति गम्भिर ध्यानाकर्षण ।।

कपिलबस्तु असोज १६    कपिलबस्तु उपयुक्त स्थानमा गाउपालिका स्तरीय स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दैै कपिलबस्तुको यशोधरा गाउपालिका बिरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् । गाउपालिकाको वडा नं. ४, परसोहिया (अमलोन्हा चौक) लाई तोकेर नेपाल सरकारको स्वास्थ्य निती अनुरुप १५ शैयाको स्वास्थ्य केन्द्र स्थापना गर्ने गरि कार्यक्रम अगाडि बढेको अवस्थामा गाउकार्यपालिकाले अन्यत्रै...बाँकी अंश →


स्थायी राजधानीका लागि विराटनगर पूर्वाधारयुक्त शहर ,, मन्त्री पण्डित

विराटनगर, १६ असोज ,,   सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं १ को स्थायी राजधानीका लागि विराटनगर भौतिक पूर्वाधारयुक्त शहर भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले स्थायी राजधानी निर्माणको अवधारणाबाट यस क्षेत्रमा विभिन्न कार्यालय, विकास आयोजनाका कार्यालय...बाँकी अंश →


सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, १६ असोज ,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उहाँविरुद्ध आव २०७३÷७४ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपाङ्ग तथा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter