बुधबार, ०२ जेठ २०८१

गाउपालिकाको निर्णयप्रति गम्भिर ध्यानाकर्षण ।।

अजय बर्मा

१७ आश्विन २०७५, बुधबार ००:०७ मा प्रकाशित

कपिलबस्तु असोज १६    कपिलबस्तु उपयुक्त स्थानमा गाउपालिका स्तरीय स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दैै कपिलबस्तुको यशोधरा गाउपालिका बिरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् । गाउपालिकाको वडा नं. ४, परसोहिया (अमलोन्हा चौक) लाई तोकेर नेपाल सरकारको स्वास्थ्य निती अनुरुप १५ शैयाको स्वास्थ्य केन्द्र स्थापना गर्ने गरि कार्यक्रम अगाडि बढेको अवस्थामा गाउकार्यपालिकाले अन्यत्रै सार्ने निर्णय गरेको प्रति स्थानीयले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

राज्यको नीति तथा कानुनले पनि सबैको सजिलै पहुंच र पायक हुने स्थानमा सरकारी सेवा दिने गरि वातावरण निर्माण गरि जनताले सबै सुबिधा प्राप्त गर्न सकुन भन्ने धारणाको बरखिलाफ गरि गाउपालिकाको निर्णय प्रति स्थानीय आन्दोलित भएका हुन् । गाउपालिकाले गरेको निर्णयको सुधारको माग गर्दै स्थानीय ५ सय २२ जनाको हस्ताक्षरित बिज्ञप्ती गाउपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयसमक्ष मंगलबार पेश गरेका छन् । नेपाल सरकारको राष्टिय कार्यक्रम अन्र्तगत नेपालको सबै स्थानीय तहमा स्वास्थ्य सेवामा जनताकै सजिलो पहुंच होस् र सम्पुर्ण सेवा सुविधा सुलभ प्रवाहका निम्ति लिइएको स्वास्थ्य निती अनुरुप सरकारले नै तोकिएको स्थलमा स्वास्थ्य केन्द्र स्थापना गरिने गाउपालिका अध्यक्ष पाण्डेयले बताउनुभयो । जनताको मागलाई केन्द्रबिन्दुमा राखेर कार्य अघि बढाइने प्रमुख पाण्डेयको भनाइ छ ।

सरकारको निर्णयलाई बरखिलाफ गरि स्थानीय तहले गरेको निर्णय सच्याउनुपर्ने संर्घष समितीका संयोजक हजरत अलि मुसलमानले बताउनुभएको छ । वडाध्यक्षहरु, सदस्य तथा स्थानीयको माग अमलोन्हामा केन्द्र स्थापना गर्ने निर्णय भएपनि गाउपालिकाले निर्णय सच्च्याउनुको सट्टा अन्यत्रै स्थलमा केन्द्र स्थापना गरिन खोजिनु जनतालाई स्वास्थ्य सेवाबाट बञ्चित गराउनु रहेको ठहर संयोजक मुसलमानको छ । आफुहरुका मागहरु गाउपालिकाका अध्यक्ष मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र जिल्ला समन्वय समितीको कार्यालय कपिलबस्तुलाई बोधार्थ गरि पठाइएको छ । आफ्ना माग पुरा नभए आन्दोलन गर्न समेत पछि नहट्ने संघर्ष समितीले जनाएको छ । हजरत अलि मुसलमानको संयोजकत्वमा ७ सदस्यीय संघर्ष समिती गठन समेत गरिएको छ, जस्को सदस्यहरुमा शिवदयाल त्रिपाठी, गौतम तेली, ध्यानेन्द्र मणि त्रिपाठी, अब्दुल अजीज मुसलमान, बरसाती चाई र डा. अजय कुमार श्रीवास्तव रहनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter