बुधबार, ०२ जेठ २०८१

स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम

१७ आश्विन २०७५, बुधबार १०:४५ मा प्रकाशित

भीमदत्तनगर, १७ असोज,,   कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यत्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा बोर्डले यहाँका सबै स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो ।

चार वर्षअघि सुदूरपश्चिम प्रदेशको कैलालीबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल मुलुकका ४४औँ जिल्लाको रूपमा कञ्चनपुरमा शुरु भएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशका संयोजक जनक साउदले बताउनुभयो । सुदूरपश्चिमको पहाडी जिल्ला डोटी र डडेल्धुराबाहेक सात जिल्लामा बिमा कार्यक्रम लागू भइसकेको छ ।

स्वास्थ्य बिमा बोर्डले कञ्चनपुरका सबै स्थानीय तहमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिन लागेको संयोजक साउदले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा स्वास्थ्य क्षेत्रमा रु ३१ अर्ब ७८ करोड विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचाङ्कमा आमूल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पु¥याउने लक्ष्य राखेको छ ।

पाँच जना सदस्य रहेको परिवारले वर्षको रु दुई हजार ५०० प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ, भने सो बापत वर्षभरिमा रु ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाइने प्रावधान छ । पाँचभन्दा बढी सदस्य भएका परिवारले एक व्यक्ति बराबर थप रु ४५० बढी तिरेर बिमा सदस्य बनेर रु ५० हजार बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था रहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter